YouTube Link

उमाकुण्ड गाउँपालिकामा नीति तथा कार्यक्रम मार्फत ५१ करोड ८१ लाख २५ हजार ८९९ रुपैँयाको अनुमानित बजेट सार्वजानिक

Facebook Link

 

रामेछाप: रामेछापको उमाकुण्ड गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को लागि नीति तथा कार्यक्रम सम्पन्न गरी बजेट सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक गरेको नीति तथा कार्यक्रम र बजेटमा  कृषि, शिक्षा र पर्यटनलाई प्राथमिकतामा राखेर अनुमानित बजेट सार्वजानिक गरेको हो ।

 

गाउँपालिकाले ५१ करोड ८१ लाख २५ हजार ८९९ रुपैँयाको अनुमानित बजेट कार्यक्रम मार्फत सार्वजानिक गरेको छ । गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले गाउँसभामा पेस गरेको सो बजेट सभाले सर्वसम्मत पारित गरेको हो । गाउँपालिका संघीय सरकारबाट ३१ करोड ५६ लाख ६३ हजार, प्रदेश सरकारबाट पाँच करोड ६३ लाख ४० हजार रुपैँया प्राप्त हुने अनुमान गरेको छ । त्यस्तै गत वर्षको नगद मौज्दात एक करोड ५० लाख रुपैँया रहेको छ । यसैगरी राजश्वबाट १४ करोड ९२ लाख २२ हजार ८९९ प्राप्त हुने अनुमान गरिएको छ । गाउँपालिकाले ६८ लाख रुपैँया बढी आन्तरिक श्रोतबाट जुट्ने अनुमान गरेको छ ।

 

गाउँसभामा गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले आउने आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण, यान्त्रिकीकरण एवम् व्यवसायीकरण गर्दै खाद्यान्न तरकारी तथा फलफूलको उत्पादकत्व वृद्धि र व्यवस्थित बजारीकरण गरी गाउँवासीको आर्थिक अवस्थामा सुधार गर्दै लगिने नीति गाउँपालिकाले लिएको छ । रैथाने बालीहरूको बिउ संरक्षण, खेती विस्तार र बजारीकरणको लागि विशेष प्रबन्ध मिलाइने भएको छ । गाउँपालिका भ्रमण गर्ने पर्यटकलाई स्थानीय परिकारको ब्राण्डको रूपमा त्यस्ता खाना उपलब्ध गराउने कार्यलाई प्रोत्साहित गरिने नीति गाउँपालिकाको छ ।

 

 

कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्न एक वडा एक कृषि उत्पादनको अवधारणा अन्तर्गत तरकारी तथा फलफूल खेतीको पकेट विकास कार्यक्रम सञ्चालन गर्ने, कृषि प्रविधिको विकास गर्ने, पूर्वाधार तथा यान्त्रिकीकरण कार्यक्रममा अनुदानको व्यवस्था गर्ने कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट अगाडी बढाउने नीति गाउँपालिकाले बनाएको छ ।

 

पशु धनको सुरक्षाको लागि पशु स्वास्थ्य बिमा, खोप, महामारी जन्य रोग नियन्त्रण कार्यको प्रभावकारी व्यवस्था मिलाइने भएको छ । गाउँपालिकामा दूध उत्पादन गर्ने पशुपालन कृषकहरूले उत्पादन गरेको दूधको बजारीकरणको लागि दुग्ध डेरी र सङ्कलन केन्द्रहरू स्थापना गर्ने र स्थापना भएको डेरी तथा सङ्कलन केन्द्रहरूको व्यवस्थापनको लागि आवश्यक व्यवस्था मिलाइने भएको छ ।

 

गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइने भएको छ । पर्यटकीय क्षेत्र ताँमेमा पर्यटकीय संरचना निर्माण कार्य सम्पन्न गरिने भएको छ । त्यस बाहेक अन्य स्थानमा निर्माणाधीन पर्यटकीय संरचना समेत समय सीमाभित्रै सम्पन्न गरिने प्रतिबद्धता नीति तथा कार्यक्रममा आएको छ । संघीय सरकार, प्रदेश सरकार र अन्य स्थानीय तहसँग समन्वय, सहकार्य र साझेदारी गरी उमाकुण्ड गाउँपालिकाको पर्यटन गुरुयोजनाले निर्दिष्ट गरेको योजना कार्यक्रम कार्यान्वयनको आवश्यक व्यवस्था मिलाइने भएको छ । गाउँपालिकाभित्र जातीय पहिचानको प्रवर्द्ध गर्ने नीति गाउँपालिकाले लिएको छ ।

 

आधारभूत तहमा भर्ना भएका विद्यार्थीलाई अनिवार्य र निःशुल्क शिक्षा सुनिश्चित गरी विपन्न लक्षित बालबालिकालाई गाउँपालिकाले शैक्षिक सामग्री सहयोग गरी विद्यालयमा ल्याउने, सिकाउने र टिकाउने व्यवस्था मिलाइने भएको छ । शिक्षकको पेसागत विकास र बालबालिकाको सिकाइ सुधार गर्न शिक्षक टु शिक्षक कार्यक्रम सञ्चालन गरिने भएको छ । कक्षा ६ देखि १२ सम्म अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई अभिभावकसँगको साझेदारीमा दिवा खाजा खुवाउने कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

 

 

गाउँपालिकाको केन्द्रमा डाक्टर सहितको सुविधा सम्पन्न आधारभूत अस्पताल सञ्चालनमा ल्याइने भएको छ । सबै स्वास्थ्य संस्थाहरूमा अक्सिजन सहितको २ शय्याको व्यवस्था र ल्याब सहित दक्ष जनशक्तिको व्यवस्था गरिने भएको छ । सबै वडाहरूको टोल बस्ती र नागरिकको घर घरमा खानेपानी पुर्याउनको लागि एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । प्लाष्टिक जन्य फोहोर नियन्त्रण तथा न्यूनीकरण गर्न प्लाष्टिक झोलाको प्रयोगलाई निरुत्साहित गरिने भएको छ ।

 

हरेक वडामा एउटा बाल उद्यान निर्माण अभियान सञ्चालन गरिने भएको छ । गाउँपालिकालाई बालमैत्री स्थानीय तह घोषणा गर्न लागि आवश्यक कार्य अगाडी बढाइने भएको छ । पूर्वाधार निर्माणका आयोजनाहरू सञ्चालन गर्दा लाभ विश्लेषणका आधारमा उच्च नतिजा एवं प्रतिफल दिने, समतामूलक विकासको आधारको रूपमा रहने, पिछडिएका र कम विकसित क्षेत्रलाई मूल प्रवाहीकरणमा ल्याउन सहयोग गर्ने आयोजनाहरू पहिचान गरी सञ्चालन गर्ने नीति लिइने भएको छ । गाउँपालिका केन्द्रसम्म पिच र मध्यमार्गी सडक तथा सबै वडाहरूको केन्द्र जोड्ने सडक स्तरोन्नति गर्ने कार्यलाई उच्च प्राथमिकता दिइने भएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...