YouTube Link

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

Facebook Link

 

काठमाडौं: नेपाली मूलका भारतीय फुटबल खेलाडी सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । उनी भारतबाट सर्वाधिक गोल गर्ने कीर्तिमानी स्ट्राइकर पनि हुन् ।

 

सामाजिक सञ्जाल एक्समार्फत एउटा भिडिओ जारी गर्दै क्षेत्रीले आउँदो जुन ६ मा हुने फिफा विश्वकप क्वालिफायरको कुवेतविरुद्धको खेल आफ्नो अन्तिम हुने बताएका छन् । ‘मेरो १९ वर्षको यात्रा एउटा जिम्मेवारी, दवाव र अदम्य खुशीको समिश्रण थियो । मैले अब कुवेत विरुद्धको खेल मेरो सम्भवत अन्तिम हुनेछ,’ क्षेत्रीले भने ।

भारतीय फुटबलका पर्यायको रुपमा रहेका ३९ वर्षिय क्षेत्रीले देशका लागि ९४ अन्तर्राष्ट्रिय गोल गरेका छन् । सने २००२ मा मोहन बगानबाट उनले फुटबलको यात्रा प्रारम्भ गरेका थिए । उनी सन् २०१० मा अमेरिकाको क्यान्सस सीटी विजार्ड तथा सन् २०१२ मा पोर्चुगलको स्पोर्टिङ सीपीमा आवद्ध भएका थिए । भारतमा उनले इस्ट बंगाल, डेम्पो, मुम्बई सीटी हुँदै अहिले बैंगलुरु एफसीबाट खेलिरहेका छन् ।

 

क्षेत्रीले भारतलाई थुप्रै अन्तर्राष्ट्रिय उपाधिहरु जिताएका छन् । सन् २००७, २००९ र २०१२ को नेहरु कप, सन् २०११, २०१५ र २०२१ को साफ च्याम्पियनसीपमा भारतलाई विजेता बनाउन क्षेत्रीको ठूलो हात थियो । उनले सन् २००८ को एएफसी च्यालेन्ज कपमा पनि भारतलाई जिताएका थिए, जसले गर्दा भारतले २७ वर्षपछि एएफसी एसीएन कपमा भाग लिन पाएको थियो ।

 

सन् २००२ मा डेब्यू गरेयता क्षेत्रीले १५० म्याचमा ९४ गोल गरेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा सक्रिय खेलाडीमध्ये उनी गोल स्कोरिङको हिसाबले लियोनल मेस्सी र रोनाल्डोभन्दा पछाडि तेस्रो स्थानमा छन् । अलटाइम फुटबलरहरुमध्ये चौंथो स्थानमा छन् । क्षेत्रीले पहिलो अन्तर्राष्ट्रिय गोल पाकिस्तानविरुद्ध गरेका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...