YouTube Link

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

Facebook Link

 

काठमाडौं: नेपाली मूलका भारतीय फुटबल खेलाडी सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । उनी भारतबाट सर्वाधिक गोल गर्ने कीर्तिमानी स्ट्राइकर पनि हुन् ।

 

सामाजिक सञ्जाल एक्समार्फत एउटा भिडिओ जारी गर्दै क्षेत्रीले आउँदो जुन ६ मा हुने फिफा विश्वकप क्वालिफायरको कुवेतविरुद्धको खेल आफ्नो अन्तिम हुने बताएका छन् । ‘मेरो १९ वर्षको यात्रा एउटा जिम्मेवारी, दवाव र अदम्य खुशीको समिश्रण थियो । मैले अब कुवेत विरुद्धको खेल मेरो सम्भवत अन्तिम हुनेछ,’ क्षेत्रीले भने ।

भारतीय फुटबलका पर्यायको रुपमा रहेका ३९ वर्षिय क्षेत्रीले देशका लागि ९४ अन्तर्राष्ट्रिय गोल गरेका छन् । सने २००२ मा मोहन बगानबाट उनले फुटबलको यात्रा प्रारम्भ गरेका थिए । उनी सन् २०१० मा अमेरिकाको क्यान्सस सीटी विजार्ड तथा सन् २०१२ मा पोर्चुगलको स्पोर्टिङ सीपीमा आवद्ध भएका थिए । भारतमा उनले इस्ट बंगाल, डेम्पो, मुम्बई सीटी हुँदै अहिले बैंगलुरु एफसीबाट खेलिरहेका छन् ।

 

क्षेत्रीले भारतलाई थुप्रै अन्तर्राष्ट्रिय उपाधिहरु जिताएका छन् । सन् २००७, २००९ र २०१२ को नेहरु कप, सन् २०११, २०१५ र २०२१ को साफ च्याम्पियनसीपमा भारतलाई विजेता बनाउन क्षेत्रीको ठूलो हात थियो । उनले सन् २००८ को एएफसी च्यालेन्ज कपमा पनि भारतलाई जिताएका थिए, जसले गर्दा भारतले २७ वर्षपछि एएफसी एसीएन कपमा भाग लिन पाएको थियो ।

 

सन् २००२ मा डेब्यू गरेयता क्षेत्रीले १५० म्याचमा ९४ गोल गरेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा सक्रिय खेलाडीमध्ये उनी गोल स्कोरिङको हिसाबले लियोनल मेस्सी र रोनाल्डोभन्दा पछाडि तेस्रो स्थानमा छन् । अलटाइम फुटबलरहरुमध्ये चौंथो स्थानमा छन् । क्षेत्रीले पहिलो अन्तर्राष्ट्रिय गोल पाकिस्तानविरुद्ध गरेका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...