YouTube Link

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले भिसा नभएका कारण बेलायत उड्न पाएको छैनन् । इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्न बेलायत प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’ भएको छ ।

 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीलाई भव्य समारोहबीच बिदा गरेपनि टोली भिसा नभएको कारण उड्न नपाएको हो । भिसा नआएका कारण मंगलबार विहान ९ बजे उड्ने भनिएको टोली निर्धारित उडान समयसम्म पनि होटेलमै रहेको छ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा यसअघि नै एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउने तयारी गरेको थियो । तर भिसा नआएका कारण मंगलबार विहान जाने समूह नै उड्न पाएको छैन ।

 

भिसा नभएको कारण उडान रद्द भएसँगै अब एन्फाले निकै सास्ती खेप्नुपर्ने देखिन्छ । एक त भिसा नै नआएको समस्या । त्यसमाथि रद्द भएको टिकटमा थप आर्थिक भारसँगै छोटो समयमा नै वैकल्पिक उडान खोज्नुपर्ने अवस्था रहेको छ । एन्फाले इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने टोलीको सोमबार बिदाइ गरेको थियो ।

 

एन्फाले इङ्ल्यान्ड भ्रमणमा जाने २३ खेलाडी सहितको नेपाली टोलीको घोषणा समेत गरिसकेको छ । नेपाली टोलीले मे ३ मा ब्रिटिश आर्मी टोली र मे ६ मा इङ्ल्यान्डको सामना गर्ने योजना छ । दुवै खेल एल्डरशट टाउनको घरेलु मैदान इबिबी स्टेडियममा हुनेछ ।

 

नेपाली टोली:

गोलकिपर: किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार

डिफेन्डर: विमल पाण्डे, रोहित चन्द, छिरीङ लामा, अभिषेक लिम्बू, विशाल बस्नेत, सनिश श्रेष्ठ, सौभाग्य राई (सन्जित), योगेश गुरुङ

मिडफिल्डर: फत्तेमान घले, मणि कुमार लामा, लाकेन लिम्बू, भरत खवास, उत्सव राई, मनिष डाँगी

फरवार्ड: अन्जन विष्ट, जिलेस्पी जंग कर्मी, सञ्जीव विष्ट, दिनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...