Texas College
YouTube Link

हङकङले दियो नेपाललाई ११५ रनको लक्ष्य

Facebook Link

 

काठमाडौं: ओमानमा जारी एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत हङकङले नेपाललाई  ११५ रनको लक्ष्य दिएको छ । वर्षाका कारण ढिलो सुरु भएको खेल १८ ओभरको खेलाईएको थियो ।

 

टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङ १ बल बाँकी छँदा ११४ रन बनाएर अलआउट भयो । हङकङका ओपनर मार्टिन कोट्जेलाई करण केसीले तेस्रो ओभरमा ८ रनमा आसिफ शेखबाट क्याच गराए । यस्तै छैटौं ओभरमा हङकङका कप्तान निजाकत खानलाई दीपेन्द्रसिंह ऐरीले १२ रनमा रनआउट गरे ।

 

हङकङका लागि सबैभन्दा बढी रन बनाएका अंशुमन रथलाई नवौं ओभरमा नेपालका गुल्सन झाले बाउन्ड्री नजिकबाट डाइरेक्ट हिटमार्फत् ३४ रनमा रनआउट गरे । त्यसपछि हङकङका ब्याटर चल्न सकेनन् । बाबर हायतलाई ६ रन र एजात खान ७ रनमा ललित राजवंशीले आउट गरे । यस्तै यसिम मुर्ताजालाई २ रन र नास्रुल्ला रानालाई ६ रनमा अभिनास बोहराले आउट गरे । यस्तै अभिनास बोहराले व्यक्तिगत तेस्रो विकेट लिने क्रममा १७औं ओभरमा जीशन अलीलाई १४ रनमा दीपेन्द्रबाट क्याच गराए । दीपेन्द्रले १८औं ओभरको चौथो बलमा इशान खानलाई ११ रनमा बोल्ड गरे लगत्तै अर्को बलमा धनञ्जय रावलाई बोल्ड गरे ।

 

बलिङमा अभिनासले ३ विकेट लिए भने ललित र दीपेन्द्रले २-२ विकेट लिए । करण केसीले १ विकेट हात पारे । अभिनासले ४ ओभरमा २९ रन खर्चिए । ललितले ४ ओभरमा १ मेडन राख्दा १४ रन मात्र दिए । दीपेन्द्रले ५ बलमा ६ रन खर्चिए । करणले ४ ओभरमा २४ रन दिए ।

 

१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । नेपालको समूहमा मलेसिया, कतार, हङकङ र साउदी अरेबिया छन् । आयोजक ओमान समूह ‘बी’ मा छ । समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन् । नेपालले चौथो खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्नेछ ।

 

समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ । यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ । सन् २०२५ को एसिया कप टी-२० फर्म्याटमा हुनेछ । शीर्ष तीन टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...