YouTube Link

एचएनबिजिले जन्माएको इजाकाया होक्काइडो जापानिज फुड कल्चर

World Cup 2026
Facebook Link

 

काठमाडौं: होक्काइडो नेपाल बिजनेस ग्रुप(एचएनबिजि)ले आफ्नो छैटौं शाखा इजाकाया होक्काइडो र्याडिसन होटेल परिसर लाजिम्पाटमा सञ्चालनमा ल्याएको छ । नेपालमा जापानिज फुड कल्चर भित्र्याउने अग्रणी संस्थाको रुपमा रहेको एचएनबिजिले सन् २०१९ देखि नेपालमा जापानिज खानाका रेस्टुरेन्टहरु सञ्चालन गर्दै आएको छ ।

 

पहिलो शाखाको रुपमा काठमाडौँको बुढानीलकण्ठस्थित पार्क भिलेज होटेल हातामा होक्काइडो रामेन हाउस रेस्टुरेन्ट सञ्चालनमा आएको थियो । त्यसपछि संस्थाले अन्य शाखाको रुपमा देक्काइडो फार्म हाउस बुढानीलकण्ठ, ओमाकासे नक्साल, होक्काइडो हाउस सानेपा र होक्काइडो बेन्तो हाउस बौद्ध सञ्चालनमा ल्याएको थियो । यो संस्थाले क्यूएक्सको रुपमा लबिम मल पूल्चोक र ली शेर्पा काठमाडौंमा अन्य शाखाहरु सञ्चालन गरेको छ । रेस्टुरेन्टलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्नका लागि एचएनबिजिको रुपन्देहीको भैरहवामा देक्काइदो एग्रो फार्म सञ्चालनमा छ ।

 

यो ग्रुप मातहात सञ्चालित होक्काइडो एकेडेमी अफ हस्पिटालिटीले दक्ष जनशक्ति उत्पादनका लागि काम गर्दै आएको छ । एचएनबिजिको गुणस्तर कायम गर्नका लागि सेन्टर किचन पनि सञ्चालनमा छ । जापानिज फुड कल्चरको प्रवर्द्धन गर्दै रेस्टुरेन्टहरू मार्फत जापानी खानाका पारखीको सेवामा समर्पित यो समूहमा १७० जना बढीको टिमले काम गरिरहेको छ । जापानको होक्काइडोमा नेपाली फुड कल्चरलाई विस्तार गरेका अर्जुन अधिकारी नेतृत्वको समूहले सोही प्रेरणाका कारण नेपालमा जापानको फुड कल्चर विस्तारमा लागेका बताएको छ ।

 

 

व्यावसायिक पृष्ठभूमिका व्यक्तिहरूको समूह होक्काइडो नेपाल बिजनेस गु्रप नेपालको समृद्धिसँग हातेमालो गर्ने उद्देश्यले फरक सोचका साथ रेस्टुरेन्ट व्यवसायमा लागेको बताउँछ । मुख्यगरी उत्पादन, उद्यमी र लगानीलाई आफ्नो प्राथमिकतामा राखेको यो समूहले आन्तरिक सशक्तीकरण मार्फत विदेशी लगानी भित्र्याउने वातावरण निर्माणको योजना बनाएको संस्थाका निर्देशक अर्जुन अधिकारीले बताए ।

 

देशको समृद्धिका लागि नागरिकलाई पहिला उत्पादनसँग जोड्नुपर्ने बताउने निर्देशक अधिकारी उत्पादनलाई गुणस्तरीय बनाउनका लागि विदेशी प्रविधि, लगानी र सीप भित्र्याउने गरी काम गर्ने बताउँछन् । उनी भन्छन्, ‘पहिला उत्पादनलाई फोकस गर्छौ अनी गुणस्तरीय उत्पादनका लागि सफल प्रविधि र सीपसँगै लगानी भित्र्याउँछौं । यसले उद्यमी बन्न प्रेरित गर्छ र स्वदेशमा नै उत्पादन, उद्यमी र गुणस्तरीय सेवा प्रवाह हुन्छ ।’ अधिकारी थप्छन, ‘नेपालमा नै उत्पादन हुन थालेपछि उद्यमी जन्मन्छन, उद्यमीले सफल प्रविधि भित्र्याउन पहल गरेसँगै उत्पादनको गुणस्तर पनि बढ्छ जसले निर्यात प्रतिस्थापन र स्वदेशमा रोजगारीको अवसर सिर्जना हुन्छ । अनी मात्र देश समृद्ध हुन सक्छ ।’

 

उत्पादनसँग जोडिएपछि बिस्तारै गुणस्तरीय उत्पादनमा जोड दिने र त्यसलाई मौलिक पहिचानका साथ अन्तर्राष्ट्रियकरण गरिनुपर्ने धारणाका साथ आफूहरू अगाडी बढेको अधिकारी बताउँछन् । उत्पादन र उपभोगलाई प्रतिस्पर्धी बनाउनका लागि विदेशको सफल प्रविधि र सीप भित्रयाउनुपर्ने अधिकारीको मत छ । जापानमा आर्जन गरेको व्यवसायिक अनुभवलाई उपयोग गर्दै रेस्टुरेन्ट क्षेत्रमा लगानी र रोजगारी सृजनाको संकल्प बोकेका अधिकारी मुख्य गरी नेपालमा जापानी फुड कल्चर प्रवर्धनमा सक्रिय छन् ।

 

विदेशी भूमिमा श्रमसँगै आर्जन गरेको सीपलाई नेपालमा प्रयोग गर्दा उत्पादन र रोजगारीको क्षेत्रमा सहयोग पुग्ने धारणा बोकेका अधिकारीले जापानिज फुड कल्चरलाई देशैभर विस्तारको योजना बनाएका छन् । कम्तीमा एक सय उद्यमी जन्माउने सपना बोकेका अधिकारीले हालसम्म ७ जना सफल उद्यमीलाई यो क्षेत्रमा स्थापित गराएको बताउँछन् ।

 

 

इजाकाया होक्काइडो किन ?

यो समूहले काठमाडौँको र्याडिसन होटेल परिसरमा सञ्चालनमा ल्याएको इजाकाया होक्काइडो जापनिज फुड कल्चरको प्रवर्धनमा काम गरिरहेको रेस्टुरेन्ट हो । राजधानीको केन्द्र लाजिम्पाटमा रहेको इजाकाया होक्काइडोले जापनिज फुड पारखीका लागि ५० बढी परिकार पस्कँदै आएको छ । स्वदेशी तथा विदेशी पाहुनाका लागि उच्च गुणस्तरका परिकार पस्कँदै आएको इजाकायामा शाकाहारी र मांसाहारी छुट्टाछुट्टै मेनुको व्यवस्था छ ।

 

जापानको फुड कल्चरलाई नेपाली परिवेशमा ढाल्दै आएको इजाकायाले उपभोक्ताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै स्वच्छ र ताजा खाना उपलब्ध गराउँछ । सम्भव भएसम्म स्थानीय उत्पादनको प्रयोगलाई प्रोत्साहनको नीति लिएको यो रेस्टुरेन्टले दक्ष जनशक्तिको साथ आफ्नो सेवा प्रवाह गरिरहेको छ ।

 

मद्यपान, धुमपानका लागि छुट्टै कक्षको व्यवस्था गरिएको इजाकायामा पारिवारिक, प्रेमिल तथा गोप्य सिटको व्यवस्था छ । नेपाली र जापानी चाडपर्वहरूमा इजाकायाले विशेष कार्यक्रमको साथ आफ्ना उपभोक्ताका लागि आकर्षक प्याकेज ल्याउँदै आएको छ । ७० जना अट्ने हलको व्यवस्था रहेको इजाकायामा सभा, समारोह तथा अन्य कार्यक्रमका लागि माग बमोजिमका सेवा उपलब्ध छन् ।

 

साताको सबै दिन खुला रहने इजाकाय आइतबारदेखि शुक्रबारसम्म बिहान ११ देखि बेलुका १० र शनिवार अपराह्न १२ बजेदेखि बेलुका १० बजेसम्म खुला रहन्छ । इजाकायाले हाल आफ्ना सबै सेवाहरूमा १५ प्रतिशत छुट दिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...