YouTube Link

म्यानचेस्टर युनाइटेड र सेफिल्ड युनाइटेडले खेले बराबरी

Facebook Link

एजेन्सी: इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडसँग बराबरी खेल्दै अंक बाडेको छ । आईतबार राति भएको खेलमा युनाइटेडले नव प्रवेशी क्लब सेफिल्डसँग ३-३ गोलको बराबरी खेलेको हो ।

सेफिल्डको मैदानमा युनाइटेडका लागि ब्राण्डन विलियम्स, मासुन ग्रीनवुड र मार्कोस राष्फोर्डले एक एक गोल गरे । सेफिल्डका जोन फ्लेक,लेस मोसेट र ओलिभर म्याकब्रुनीले एक एक गोल गरे । निकै रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता भने सेफिल्डले बनाएको थियो । खेलको १९ औं मिनेटमा जोनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ५२ औं मिनेटमा मोसेटले गोल गर्दा सेफिल्ड २-० ले अघि रह्यो ।

खेलको ७२ औं मिनेटमा विलियम्सले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने कोशिस गरे । ७७ औं मिनेटमा ग्रीनवुडले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । विलियम्स र ग्रीनवुडको यो पहिलो प्रिमियर लिग गोल हो । लगत्तै ७९ औं मिनेटमा राष्फोर्डले गोल गर्दै युनाइटेडलाई ३-२ को अग्रता दिलाए । तर, खेलको इन्जुरी समयमा सेफिल्डका ओलिभरले गोल गर्दा खेल ३-३ को बराबरीमा सकिएको थियो । यो बराबरीसँगै युनाइटेडले १३ खेलबाट १७ अंक जोडेको छ । र, युनाइटेड नवौं स्थानमा उक्लिएको हो । सेफिल्ड १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...