कोशी प्रदेशको नाम खारेजी माग गर्दै पहिचान पक्षधरको काठमाडौंमा प्रदर्शन (फोटो फिचरसहित)
वि.सं.२०८० फागुन १७ बिहीवार १६:४४
1.5K
shares
काठमाडौं: कोशी प्रदेशको नाम खारेजीको माग गर्दै नामाकरण संयुक्त संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ । फागुन १७ गते प्रदेश १ को नाम कोशी नामाकरण गरिएको र प्रदेशको पहिचान नामेट गरिएको अँध्यारो दिन भएको भन्दै प्रदेश १ को पुनः नामाकरण गर्नुपर्ने माग राख्दै काठमाडौंको तीनकुनेमा प्रदर्शनसहित सभा गरेको हो ।

कालो झण्डासहित प्रदर्शनमा सहभागीहरूले पहिचानविरोधी होसियार, कोशी प्रदेश खारेज गर, पहिचानको आधारमा सबै प्रान्तको नामाकरण गर, संघीयता पुनः सीमांकन गर लगायतका नारा लगाएका थिए । उनीहरूले प्रदेश १ को पहिचान मेट्ने काम फागुन १७ गते भएको भन्दै यस दिनलाई कालो दिनका रूपमा मनाएको जनाएका छन् । प्रदेश १ को नाम कोशी भएपछि एकबर्षदेखि पहिचान पक्षधरले विरोध गर्दै आएका छन् ।
तस्बीरमा प्रदर्शनः












वि.सं.२०८० फागुन १७ बिहीवार १६:४४




















