नेपाल र नामिबियाबीचको दोस्रो खेल आज
वि.सं.२०८० फागुन ९ बुधवार ०७:३५
1.7K
shares
काठमाडौं: आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत नेपाल र नामिबियाबीचको दोस्रो खेल आज हुँदैछ । यी दुई बीचको खेल विहान ९:३० बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
आजको खेलमा नेपालले नामिबियाविरुद्ध जितको खोजीमा हुँदा नामिबिया पनि नेपालमाथिको दबदबा कायमै राख्न चाहन्छ । यी दुई टोलीबीच भएको लिग-२ को पहिलो खेलमा नामिबिया ४ विकेटले विजयी भएको थियो । नेपालले नेदरल्याण्डलाई ९ विकेटले हराएको थियो । नामिबिया भने नेदरल्याण्डसँग पराजित भएको छ । नेदरल्याण्ड्सले नामिबियाविरुद्ध ७ विकेटको सहज जित निकाल्यो ।
काठमाडौंमा जारी आईसीसी विश्व क्रिकेट लिग-२ मा त्रिवि क्रिकेट मैदानमा ३ खेल भएका छन् । तीनै खेल टस जितेर फिल्डिङ गर्ने टोलीले जित निकालेका छन् । कीर्तिपुर मैदानको पिच बिहानको समय ब्याटिङका लागि उपयुक्त मानिँदैन । ब्याटरलाई ओसिलो पिचमा खेल्न कठिन हुँदा त्यसको फाइदा बलरले उठाइरहेका छन् ।
दिनको समयमा पिचले आफ्नो स्वभाव परिवर्तन गर्दा ब्याटरले खुलेर रन बनाइरहेको देखिन्छ । यो मैदानमा अहिलेसम्म ३१ एक दिवसीय सिरिज हुँदा अधिकांश टोलीले टस जितेर पहिले फिल्डिङ नै गरेका छन् ।
वि.सं.२०८० फागुन ९ बुधवार ०७:३५



















