नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय क्रिकेट आज
वि.सं.२०८० माघ २७ शनिवार ०७:०७
2.9K
shares
काठमाडौं: नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय क्रिकेट शनिबार हुँदैछ । खेल त्रिवि क्रिकेट मैदान किर्तिपुरमा बिहान ९:१५ बजे शुरु हुनेछ । घरेलु टोली नेपाल लगातार दोस्रो जित निकाल्दै श्रृङ्खला जित्ने योजनामा हुनेछ ।
पहिलो खेलमा क्यानडामाथि रोमाञ्चक जित निकालेको थियो । नेपाल एक खेलअगावै सिरिज जित्न चाहन्छ । पाहुना टोली क्यानडा पनि नेपाललाई हराउँदै सिरिजमा बराबरी चाहन्छ । बिहीबारबाट सुरु भएको तीन म्याचको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडामातप ७ रनको रोमाञ्चक जित निकालेको थियझ ।
नेपालले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पछ्याएको क्यानडा १३ बल अगावै २१७ रनमा समेटियो । नेपालले फागुन पहिलो साता आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सविरुद्धको सिरिज खेल्नुअघि क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेलेको हो ।
वि.सं.२०८० माघ २७ शनिवार ०७:०७




















