YouTube Link

हेर्नुहोस् आज २०८० माघ २७ गते शनिबार तपाईको राशिफल

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मध्याह्नपछि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।

 

वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

पहिलेका काममै अलमलिनाले ठूलो उपलब्धि नहुन सक्छ। लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्। मिहिनेत परे पनि नयाँ अवसर हातपार्न केही समय लाग्नेछ। मध्याह्नपछि स्थितिमा सुधार आउला। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। आँटले काम पूरा हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।

 

मिथुन – Gemini का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका कारण चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्। मध्याह्नपछि सामाजिक उत्तरदायित्व प्राप्त हुन सक्छ। गोप्य सूचना बाहिरिनाले समस्या पर्न सक्छ।

 

कर्कट – Cancer हि, हु, हे, हो, डा, डि, डु, डे, डो

व्यापार–व्यवसायमा मनग्य लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ। मध्याह्नदेखि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला। श्रमपूर्वक समर्पित हुँदा पनि तत्काल कामको मूल्य प्राप्त नहुन सक्छ।

 

सिंह – Leo मा, मि, मु, मे, मो, टा, टि, टु, टे

स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ। मध्याह्नदेखि कामको चापबाट फुर्सद पाइनेछ। यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान पाइनेछ। वादविवादमा अघि नसर्नुहोला। परिवारजनको साथ जुट्नाले नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ।

 

कन्या – Virgo टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रतीक्षा गरिएको नतिजा अलि कमजोर आउन सक्छ। सहयोगीहरूले साथ दिनेछन् र व्यवसायमा सामान्य फाइदा पनि हुनेछ। सोचेको लाभ भने नहुन सक्छ। मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। प्रातिस्पर्धीलाई उछिन्दै आयस्रोत बढाउन सकिनेछ। आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विभिन्न अवसर पनि प्राप्त हुनेछन्।

 

तुला – Libra र, रि, रु, रे, रो, ता, ति, तु, ते

सम्भावना देखिए पनि उपलब्धि हातपार्न समय लाग्नेछ। शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला। मध्याह्नदेखि स्वास्थ्यमा कमजोरी देखापर्नाले सुनिश्चित काम समेत अन्योलपूर्ण बन्न सक्छ। नयाँ योजना थाल्न पनि केही समय प्रतीक्षा गर्नुहोला।

 

वृश्चिक – Scorpio तो, ना, नि, नु, ने, नो, या, यि, यु

स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। मध्याह्नदेखि भने आफन्तहरू टाढिन सक्छन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूका लागि बुद्धि खर्चनुपर्ला। भूमि तथा पशुधनबाट लाभ उठाउन सकिनेछ।

 

धनु – Sagittarius ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

समयमा होस नपुग्नाले अनायासै व्यवधान देखा पर्न सक्छ। आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइएला। मध्याह्नदेखि रोकिएका काम बन्नेछन् भने चिताएका काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ। व्यवसायमा मनग्य धन लाभ हुनेछ। सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ।

 

मकर – Capricorn भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले राम्रै फाइदा दिलाउनेछ। नयाँ काम प्रारम्भ गर्न सकिनेछ। मध्याह्नदेखि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ, सजग रहनुहोला।

 

कुम्भ – Aquarius गु, गे, गो, सा, सि, सु, से, सो, द

खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। मध्याह्नपछि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ।

 

मीन – Pisces दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मिहिनेत गर्दा आयस्रोत बढाउन सकिनेछ। तर सरसापटमा रकम बाहिरिन सक्छ। लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ला। मध्याह्नपछि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। ईर्ष्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च पनि बढाउनेछ। आलस्य गर्दा आँटेको काम बीचैमा रोकिन सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ।

 

साभारः नेपाली पात्रोबाट, लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

हेर्नुहोस् आज २०८३ असोज ३० गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ असोज ३० गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८३ असोज ३० शुक्रवार ०८:४३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...