YouTube Link

कान्तिपुरविरुद्ध रवि लामिछानेले हाले गाली-बेइज्जतीको मुद्दा

World Cup 2026
Facebook Link

 

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध गाली बेइज्जती गरेको भन्दै मुद्दा दर्ता गरेका छन् । मंगलबार लामिछानेले कान्तिपुरविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका हुन् ।

 

रविले काठमाडौं जिल्ला अदालतमा हालेको मुद्दामा कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहान लगायतलाई प्रतिवादी बनाइएको छ । फिरादपत्रमा रविले आफ्नो इज्जत, प्रतिष्ठा, राजनीतिक जीवमा समेत गम्भीर असर पुर्याउने कुशिष मनसाय राखेर जानुबुझी चरित्र हत्या गरेको उल्लेख छ ।

 

मिति २०८०/०९/०९ देखि २०८०/०९/१३ सम्म कान्तिपुर र इकान्तिपुरले आफूलाई जोडेर प्रकाशित गरेका समाचारहरु झूटो रहेको रविले दाबी गरेका छन् । प्रकाशित समाचारबाट आफू र आफ्नो परिवारको इज्जत प्रतिष्ठा र राजनीतिमा समेत हानी नोक्सानी भएकाले प्रतिवादीहरुबाट कानूनअनुसार सांकेतिकरुपमा १५१ रुपैयाँ क्षतिपूर्ति दिलाउन उनको माग छ ।

 

सहकारी संस्थाको रकम हिनामिना गरेको भनेर नियोजित रूपमा आफूविरुद्ध समाचार प्रकाशन गरेको भन्दै उनले समाचारमा आएका कुनै सहकारीको सञ्चालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल आफू केही पनि नरहेको उनले बताएका छन् । लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन । हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ। म आरोप लाग्नै नहुने मान्छे होइन। तर म समाचारमा आएका कुनै सहकारीको सञ्चालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन ।

 

मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन । मेरो नाम राखिए/देखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु । म लोकतन्त्रको बलियो आधारमध्ये एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु । सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्ये सबैभन्दा दरिलो उभिन सकिनँ भने यो अनुहार लिएर भोट माग्न आउँदिनँ । यो मेरो वचन भो । मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु ।’

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:५२

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज...

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४७

काठमाडौं:  साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ ।...

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४३

काठमाडौ‌: पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आर्सनलविरुद्ध फाइनल खेलमा पेनाल्टी...

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:३०

तस्वीर प्राविधिक टिमबाट तयार पारिएको हो...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:३३

काठमाडौं: जेन-जी विद्रोह २०८२ का बारेमा गठित मानवअधिकार आयोगको बहुप्रतिक्षित...