YouTube Link

पहिलो क्वालिफायरमा आज पोखरा र धनगढी भिड्दै

Facebook Link

 

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल)को पहिलो क्वालिफायरमा आज पोखरा थण्डर्स र धनगढी एफसीबीच प्रतिष्पर्धा । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५:३० बजे हुनेछ ।

 

लिग चरणमा पहिलो स्थान हासिल गरेको पोखरा र दोस्रो स्थान हासिल गरेको धनगढी पहिलो क्वालिफायरमा भिड्न लागेका हुन् । दुवै टिम पहिलो क्वालिफायरमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्न चाहन्छन् । धनगढी प्रतियोगिताको साविक उपविजेता हो भने पोखराले दोस्रो सिजनमा आएर प्लेअफमा स्थान बनाउन सफल भएको टिम हो ।

 

खेलमा जित निकाल्ने टिम फाइनलमा पुग्नेछ । पराजित हुने टिमले क्वालिफायरको दोस्रो मौका पाउनेछ । उसले इलिमिनेटर राउण्ड जितेर आउने काठमाडौं वा ललितपुरसँग खेल्नेछ । लिगको अन्तिम खेलमा धनगढीलाई बराबरीमा रोकेको पोखराले लिग चरणमा सर्वाधिक ४ जित निकालेको छ । लिग चरणको प्रदर्शनले पोखरालाई दोस्रो संस्करणको उपाधिको मुख्य दाबेदारको रूपमा अघि सारेको छ ।

 

पोखराका मोसेस टोम सर्वाधिक गोलकर्ताको दौडमा अघि छन् । उनले सर्वाधिक ५ गोल गरेका छन् । धनगढीविरुद्ध पछिल्लो खेलमा गोल गरेका उनीसँग धनगढी पक्कैपनि सतर्क रहनेछ । धनगढीका पछिल्ला केही खेल सुखद रहेनन् । प्रतियोगितामा शानदार सुरुवात गरेको धनगढीले पछिल्लो खेलमा पोखरासँग बराबरी मात्र खेलेन, त्यसअघि झापासँग २–० को हार व्यहोर्यो । झापासँग हार्नुअघि काठमाडौंसँग निराशपूर्ण बराबरीको नतिजा निकालेको थियो । पछिल्ला खेलमा लय गुमाएको धनगढीलाई पोखराविरुद्ध उत्रदै गर्दा सुरुवातमा देखिएको जितको भोकलाई फर्काउन आवश्यक छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...