शिक्षक सेवा आयोगले माग्यो माध्यमिक तहका शिक्षक
वि.सं.२०८० पुस ८ आइतवार ०९:०४
2.6K
shares
काठमाडौं: शिक्षक सेवा आयोगले माध्यमिक तहका शिक्षक माग गरेको छ । शिक्षकको विज्ञापन प्रदेशगत रुपमा माग गरिएको आयोगले जनाएको छ । आयोगको सूचना अनुसार चार सय भन्दा धेरै माध्यमिक शिक्षक मागिएको छ ।
माध्यमिक शिक्षकमा दरखास्त दिन नेपाली, सामाजिक, अर्थशास्त्र र संस्कृत विषयमा आवदेन फारम भर्नेले सम्बन्धित विषयमा स्नातक उतीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिनाको तालिम लिएको हुनुपर्नेछ । तर अंग्रेजी, गणित, विज्ञान, कार्यालय सञ्चालन तथा लेखा र कम्प्युटर विज्ञानमा फारम भर्न चाहनेले भने शिक्षा विषयको तालिम नलिए पनि दरखास्त दिन सक्नेछन् ।
वि.सं.२०८० पुस ८ आइतवार ०९:०४




















