अनेरास्ववियुद्वारा एनसेलको शेयर खरिदबिक्रीमा चलखेल भएको भन्दै प्रदर्शन
वि.सं.२०८० मंसिर १९ मंगलवार १२:०७
1.5K
shares
काठमाडौं: नेकपा एमाले निकट भ्रातृसंगठन अनेरास्ववियुले एनसेलको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेको छ । अनेरास्ववियुले एनसेलको शेयर खरिदबिक्रीमा चलखेल भएको भन्दै प्रदर्शन गरेको हो ।
‘माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद’, ‘विवादास्पद एनसेल शेयर बिक्रीको छानबिन गर’, ‘नीतिगत भ्रष्टाचार गर्न पाइँदैन’, ‘एनसेलको आयव्यव सार्वजनिक गर’, ‘एनसेललाई राष्ट्रियकरण गर, नो ट्याक्स नो सिम रिजेक्ट एनसेल’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर अनेरास्ववियुले प्रदर्शन गरेको हो ।
८० प्रतिशत शेयर खरिदबिक्रीमा नेपालमा कर छल्न सस्तोमा बेचेको एनसेलमाथि आरोप छ । दुई महिनाअघि मात्रै एक डलरमा बेलायतमा दर्ता गरिएको स्पेक्ट्रलाइट यूके नामक कम्पनीले एनसेलको ८० प्रतिशत सेयर खरिद गरको थियो । ५ करोड अमेरिकी डलरमा सेयर खरिद गरेको आजियटा जनाएको छ । जबकि यो ८० प्रतिशत सेयर २०७२ सालमा आजियटाले १ अर्ब ३६ करोड अमेरिकी डलरमा खरिद गरेको थियो ।
वि.सं.२०८० मंसिर १९ मंगलवार १२:०७




















