ओमानविरुद्ध नेपाललाई चौथो सफलता
वि.सं.२०८० कात्तिक १६ बिहीवार ०९:५७
3K
shares
काठमाडौं: आईसीसी ट्वान्टी-२० विश्वकप एसिया छनोटको जारी खेलमा ओमानविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ ।
१०औं ओभरको खेलसम्ममा नेपालका सोमपाल कामीले दुई तथा करन केसी र गुल्सन झाले एक–एक विकेट लिएका छन् । १०.४ ओभरको समाप्तिमा ओमानले जम्मा ७३ रन जोडेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जस जितेर नेपालले फिल्डिङ रोजेपछि ओमानले ब्याटिङ गरिरहेको छ ।
समूह ‘ए’को नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेका छन् । यसअघि भएका खेलमा दुवै टोलीले अपराजित रहँदै समान चार अङ्क जोडेका छन् । तर ओमान नेटरनरेटका आधारमा शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ । आजको खेलबाट समूहको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।
वि.सं.२०८० कात्तिक १६ बिहीवार ०९:५७




















