YouTube Link

रोहित शर्मा चम्कदा अफगानिस्तानमाथि भारत ८ विकेटले विजयी

Facebook Link

 

काठमाडौं: कप्तान रोहित शर्माले शतकीय इनिङ्स खेलेपछि भारतले आईसीसी एकदिवसीय विश्वकपमा अफगानिस्तानमाथि सानदार जित हात पारेको छ । भारतले अफगानिस्तानलाई ८ विकेटले हराएको हो ।

 

जितका लागि पाएको २७३ रनको लक्ष्य घरेलु टोली भारतले खेल सकिन १५ ओभर बाँकी छँदै २ विकेट गुमाएर भेट्टायो । भारतलाई ८ विकेटले जिताउने क्रममा कप्तान शर्माले विश्वकप क्रिकेटमा सबभन्दा धेरै शतकको रेकर्ड बनाए । उनले ६३ बलमा १०० रन पूरा गरेका उनी १३१ रन बनाएर आउट भए । रोहितको एकदिवसीय क्रिकेटमा ३१औं र विश्वकप क्रिकेटमा सातौं शतक हो । यससँगै उनले विश्वकपमा सचिन तेन्दुलकरको रेकर्डलाई तोडे । भारतका सचिनले विश्वकपमा ६ शतक बनाएका थिए ।

 

यस्तै अफगानिस्तानविरुद्धको खेलमा विराट कोहली ५५ रनमा नट आउट रहे । ओपनर इशान किसन ४७ रनमा आउट भए । यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ‌ओभरमा ८ विकेट गुमाउँदै २७२ रन बनाएको थियो । उसका लागि हसमतुल्लाह शाहिदीले ८० र अजमातुल्लाह ओमरजाईले ६२ रन बनाए ।

 

भारतका जसप्रीत बुम्राहाले सर्वाधिक ४ विकेट लिए । हार्दिक पाण्डेयाले २ तथा कुलदीप यादव र सार्दुल ठाकुरले समान एक एक विकेट लिए । भारतले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । अफगानिस्तान सुरुआती दुवै खेलमा पराजित हुँदै प्रतियोगिताको पुछारमा छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...