YouTube Link

सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रुपमा आयोजना गर्ने

Facebook Link

 

एजेन्सीः सन् २०३० को विश्वकप फुटबल तीन महादेशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रुपमा विश्वकपको आयोजना गर्नेछन् ।

 

फिफाले सन् २०३० को विश्वकप तीन महादेशका तीन देशमा आयोजना हुने औपचारिक रुपमा पक्का गरेको हो । विश्वकपका तीन उद्घाटन खेल उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा हुनेछ । यस निर्णयलाई अर्को वर्ष हुने फिफा कांग्रेसले अनुमोदन गर्ने भएको छ ।

 

फिफाले एसियाली फुटबल महासंघ र ओशिनिया फुटबल महासंघको प्रस्तावमात्र सन् २०३४ को विश्वकपका लागि विचार गरिने पुष्टि गरेको छ । यस निर्णय पश्चात साउदी अरबले सन् २०३४ मा हुने प्रतियोगिताका लागि प्रस्ताव पेश गर्ने भएको छ ।

 

‘विभाजित विश्वमा फिफा र फुटबलले मात्र एकताबद्ध बनाउनेछ ।’ सन् २०३० को विश्वकपलाई लिएर फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने । उरुग्वेले सन् १९३० मा पहिलो पटक विश्वकपको आयोजना गरेको थियो । सन् २०३० मा अर्जेन्टिना र पाराग्वेले उद्घाटन खेल आयोजना गर्नेछन् । त्यसपछि ४८ टिमको प्रतियोगिता उत्तरी अफ्रिका र युरोपमा आयोजना गरिनेछ ।

 

सन् २०३० को प्रस्ताव स्विकृत भएको खण्डमा मोरक्को विश्वकप आयोजना गर्ने दोस्रो अफ्रिकी देश बन्नेछ । सन् २०१० मा साउथ अफ्रिकाले प्रतियोगिताको आयोजना गरेको थियो । स्पेन समेत सह–आयोजकको रुपमा जोडिएको छ । स्पेनिस फुटबल संघका अध्यक्ष लुईस रुबेल्सले चुम्बन काण्डपछि राजीनामा दिएपछि स्पेन विश्वकपको आयोजक देशको रुपमा जोडिएको हो ।

 

स्पेनले सन् १९८२ मा विश्वकपको आयोजना गरेको थियो । सोही विश्वकपमा इटालीले तेस्रो पटक विश्वकपको उपाधि उचालेको थियो । पोर्चुगलले अहिलेसम्म विश्वकप आयोजना गरेको छैन । तर सन् २००४ मा युरो कपको आयोजना गरेको थियो । पुरानो परम्परा अनुसार उरुग्वे, अर्जेन्टिना, पाराग्वे, स्पेन, पोर्चुगल र मोरक्को आयोजकको रुपमा विश्वकपमा सिधै छनोट हुनेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...