उपाधिका लागि आज भारत र पाकिस्तान भिड्दै
वि.सं.२०८० असोज १३ शनिवार ०८:२३
2.7K
shares
काठमाडौं: साफ यू-१९ च्याम्पियनसिप २०२३ को उपाधिका लागि आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ५:३० मा त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा सुरु हुनेछ ।
काठमाडौंको दशरथ रंगशालामा झण्डै साता अघि सुरु प्रतियोगिता आज नै समापन हुनेछ । पाकिस्तान पहिलो पटक उमेर समुहको प्रतियोगितामा फाइनल पुगेको हो ।
भारतले दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपाललाई टाइब्रेकरमा ३-२ ले हराउँदै फाइनलमा स्थान बनाएको हो । उता पहिलो पटक साफमा प्रतिस्पर्धा गरेको पाकिस्तान यू-१९ टोलीले भुटानलाई सेमिफाइनलमा सडेन डेथमा ६-५ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
पाकिस्तान समूह ‘ए’ र भारत समूह ‘बी’ को शीर्ष स्थानमा रहँदै सेमिफाइनल खेलेका थिए । समूह चरणमा भारतले बंगलादेशलाई ३–० र भुटानलाई २–१ ले हराएको थियो । उता पाकिस्तानले नेपाललाई १–० र माल्दिभ्ससँग १–१ को बराबरी खेलेका थिए ।
वि.सं.२०८० असोज १३ शनिवार ०८:२३




















