YouTube Link

राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीका खेलाडीले पाए पहिलो पटक मासिक पारिश्रमिक

Facebook Link

 

काठमाडौं: राष्ट्रिय महिला तथा पुरुष भलिबल खेलाडीले इतिहासमै पहिलो पटक मासिक तलब पाएका छन् । नेपाल भलिबल संघले काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै खेलाडीले मासिक तलब पाउने जानकारी दिएको छ ।

 

वर्तमान राष्ट्रिय टोलीमा भएका समान १२ जना महिला र पुरुष खेलाडीले मासिक पाँच हजारका दरले तलब पाएका छन् । अमेरिकामा रहेका पूर्व राष्ट्रिय खेलाडी राम श्रेष्ठको समन्यमा राष्ट्रिय खेलाडी र बिजनेश इन्टरप्रेनियरको सहयोगमा उक्त मासिक तलब दिने भएको हो ।

 

सेप्टेम्बर, अक्टोबर र नोभेम्बरको तबल संघको खातामा आई सकेको जानकारी दिएको छ । सबै खेलाडीलाई तीन महिनाको तलब कुल १५ हजार आज नै संघले प्रदान गरेको छ ।  नेपालको महिला र पुरुष भलिबल टोलीले आगमी महिना चीनमा हुने १९ औं एसियाली खेलकुद खेल्दैछन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पहलमा पहिलो पटक १९ औं एसियाली खेलकुद खेल्न लागेको हो ।

 

नेपालको एसियाली खेलकुद खेल्ने पुरुष भलिबल टोलीः

मानबहादुर श्रेष्ठ (कप्तान), रविन चन्द, विशाल विक, टेकराज अवस्थी, धिरज काजी बस्नेत, हेमन्त मल्ल, लोकेन्द्र गिरि, सम्राट भण्डारी, विनोद चन्द, दुर्गाबहादुर खड्का, सफल विक, मनिष मानन्धर

 

नेपालको एसियाली खेलकुद खेल्ने महिला भलिबल टोली :

अरुणा शाही (कप्तान), सरस्वती चौधरी, प्रतिभा माली, सलिना श्रेष्ठ, सफिया पुन, पुनम चन्द, उषा भण्डारी, कामना विष्ट, कविता भट्ट, जानकी भण्डारी, संगम महतो, निरुता ठगुन्ना

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...