YouTube Link

नेपाल शिर्ष स्थानमा रहँदै हङकङसँग फाईनल खेल्ने

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेपालले चार देश सम्मिलित महिला टि-२० आई सिरिजको फाइनलमा हङकङसँग खेल्ने भएको छ । नेपाल र हङकङबीचको फाइनल शनिबार हुनेछ ।

 

नेपाल अन्तिम खेलमा मलेसियासँग ६ विकेटले पराजित भएपनि नेट रन रेटको कारण शीर्षस्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो । हङकङले मलेसियालाई नेट रन रेटले पछि पार्दै दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो ।

 

नेपाल ३ खेलमा २ जित र १ मा हारसहित ४ अंकका साथ शीर्षस्थानमा रह्यो । नेपालको नेट रन रेट ०.८५३ रह्यो । नेपालले कुवेतलाई ३४ रन र हङकङलाई ६ विकेटले हराएको थियो । हङकङ ३ खेलमा २ जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रह्यो । हङकङको नेट रन रेट ०.१९२ रह्यो । हङकङले कुवेतलाई १६ रन र मलेसियालाई १० विकेटले हराएको थियो ।

 

मलेसिया ३ खेलमा २ जित र १ मा हारसहित ४ अंक नै भएपनि नेट रन रेटका कारण तेस्रो स्थानमा रहेर फाइनल खेल्न सकेन । मलेसियाको नेट रन रेट ०.००७ रह्यो । कुवेत भने ३ खेलमा तीनै मा हारका साथ अंक बिहिन हुँदै पुछारमा रहेर बाहिरियो ।

 

तेस्रो स्थानको लागि शनिबार मलेसिया र कवेतबीच प्रतिस्पर्धा हुनेछ । आइसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोट अघि तयारीको लागि यी चार देशले सिरिज खेलेका हुन् । एसिया क्षेत्र छनोट अगष्ट ३१ देखि ९ सेप्टेम्बरमा मलेसियामा खेल्नेछ । नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् ।

 

समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि-२० विश्वकप खेल्न पाउनेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...