नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले आज सपथ लिने
वि.सं.२०८० भदौ ५ मंगलवार ०८:५७
1.4K
shares
काठमाडौं: नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शीतल निवासमा आज अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको सपथ लिँदैछन् ।
नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् ।
संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा प्रधानन्यायाधीशमा उनको नाम सर्वसम्मत अनुमोदन भएको थियो ।
वि.सं.२०८० भदौ ५ मंगलवार ०८:५७



















