YouTube Link

मछिन्द्र एफसीले आज मोहन बगान सुपर जायन्ट्ससँग खेल्दै

Facebook Link

 

काठमाडौं: ‘ए’ डिभिजन क्लब मछिन्द्र एफसीले एएफसी कप छनोट अन्तर्गत प्रारम्भिक चरणको दोस्रो खेलमा आज इन्डियन सुपर लिग (आईएसएल) क्लब मोहन बगान सुपर जायन्ट्ससँग खेल्दैछ ।

 

खेल कोलकताको साल्टलेक स्टेडियममा नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ । प्रारम्भिक चरणमा घरेलु मैदानमा भुटानी क्लब पारो एफसीलाई पराजित गरेको मछिन्द्र मोहन बगानलाई हराउँदै प्लेअफ पुग्ने लक्ष्यमा छ ।

 

यो खेल जित्ने टिमले बंगलादेशको ढाका अवामी वा माल्दिभ्सको क्लब इगल मध्ये एक टिमसँग प्ले अफ खेल्ने छ । प्ले अफ विजेता साउथ एसियन जोनबाट एएफसी कपमा छनोट हुनेछ ।

 

मनाङ मर्स्याङ्दी क्लबले एएफसी क्लब खेलेयता अन्य कुनैपनि क्लब एएफसी कपको समूह चरणमा पुग्न सकेको छैन । यसअघि त्रिभुवन आर्मी र मछिन्द्रले पछिल्लो दुई संस्करणमा प्रारम्भिक चरण खेले पनि समूह चरणमा पुग्न सकेका थिएनन् । पहिलो पटक प्रारम्भिक चरणको पहिलो खेल जितेर दोस्रो चरण पुगेको मछिन्द्रले भारतको बलियो टोली मोहन बगानलाई प्रतिद्वन्द्वी पाएको हो ।

 

अगष्ट ८ मा दशरथ रंगशालम पारो एफसीसँग खेल्दा मछिन्द्रको टिममा नरहेका फरवार्ड मेसुके ओलोमोउ मोहन बगान विरुद्ध खेलका लागि टिममा थपिएका छन् । मेसुकेको आगमनले टिम अझ बलियो बनेको छ ।

 

मछिन्द्रले एएफसी कपकै लागि भनेर कमजोर रहेको पोजिसनमा अन्य ‘ए’ डिभिजन क्लबाट ८ खेलाडी भित्र्याएको थियो । जसको प्रभाव पारो विरुद्ध पहिलो खेलमा पनि देखिएको थियो । पारोलाई ३-२ ले हराउँदा मछिन्द्रका लागि विमल घर्ती मगर, आयुष घलान र आफिज ओलावालेले गोल गरेका थिए ।

 

मछिन्द्रको फरवार्ड र डिफेन्स लाइन राम्रो देखिएको छ । मछिन्द्रका मुख्य प्रशिक्षक किशोर केसीले पनि डिफेन्स राम्रो रहेको र जितकै लागि खेल्ने प्रि म्याच कन्फेरेन्समा बताएका थिए ।

 

मछिन्द्रको टिममा पहिलो खेलमा गोल गरेका विमल, आयुष र ओलावालेसँगै मेसुके छन् । मिडफिल्डमा आन्द्रे नियासहित एरिक विष्ट र उत्सव राई हुनेछन् । फरवार्डमा आशिष चौधरी र मिडफिल्डमा लकेन लिम्बु पनि विकल्पमा छन् । यी दुवैले पारो विरुद्ध वैकल्पिक खेलाडीको रुपमा खेलेका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...