प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच फोन संवाद
वि.सं.२०८० साउन २२ सोमवार १६:४१
1.7K
shares
काठमाडौं: प्रमुख विपक्षी दल नेकपा एमालेले छिमेकी मुलुकले नेपाललाई हस्तक्षेप गरेको र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा स्वार्थ बाहेक केहि नदेखिएको आरोप लगाइरहेको छ ।
प्रतिपक्षी भारतप्रति यसरी आक्रामक भइरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डसँग फोन संवाद गरेका छन् । एमालेको आक्रामक प्रवृति जारी रहेका समय मोदीले प्रचण्डलाई फोन गर्नुलाई अर्थपूर्ण मानिएको छ ।
नेपाल-भारत सम्बन्ध भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा लगाएको अघोषित नाकाबन्दी यता खासै सुधार हुन सकेको देखिदैन । नाका बन्दी पहिले मोदी नेपाल आउँदा देखिएको स्वागत र नेपाली जनताले देखाएको सद्भावले मोदीको क्रेज नेपालमा धेरै थियो भन्ने प्रष्ट देखिन्थ्यो । तर, नाकाबन्दी पछि अधिकांश नेपाली मोदीको क्रेजबाट टाढा छन् ।
यता, प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले निरन्तर भारतप्रति रोष व्यक्त गरिरहेका छन् । भारतले महाकाली नदी भनेर कुलो खनेर हेपिरहेको उनको तर्क छ । ओली र एमालेले भारतको व्यवहार हेपाहा रहेको जिकिर गरिरहेका बेला ठूलो जनमत रहेको पार्टीको अध्यक्षको सार्वजनिक अभिव्यक्तिले सम्बन्धमा थप दरार आउन सक्ने देखेकै कारण भारतीय पक्ष केही सतर्क रहेको देखिन्छ ।
दुई पक्षीय सम्बन्ध सुधारका लागि मोदीले प्रचण्डलाई फोन गरेर सहमति कार्यान्वयन लगायतका विषयमा छलफल गरेको विषय सार्वजनिक भएको छ । भारतयीय पक्षले नै प्रचण्डसँग सम्वाद भएको विषय सार्वजनिक गरेको छ । मोदीले शनिबार प्रचण्डलाई टेलिफोन गरेका हुन् ।
प्रचण्डको भारत भ्रमणपछि मोदीसँग भएको यो पहिलो टेलिफोन संवाद हो । भारतको प्रेस इन्फरमेसन ब्युरोद्वारा जारी विज्ञप्तिमा फोन सम्बादको विषय उल्लेख गरिएको छ । भारतले नेपाल छिमेकी पहिलो नीतिको प्रमुख साझेदार भएको उल्लेख गर्दै फोन वार्ताले उच्चस्तरिय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको बताइएको छ ।
वि.सं.२०८० साउन २२ सोमवार १६:४१


















