Rajshow Bivag

पत्रकारितासँगै निर्देशकीय भूमिकामा जम्दै मोहन कार्की

Departmant of helth services

 

काठमाडौं: बिनोद कार्कीको शब्द संयोजन तथा रामकृष्ण थापाको संगीतमा शिव सागर खड्का र गायिका शान्ति श्री परियारको आवाजमा रहेको ‘ए हो कति राम्रो रामेछापको सिन कहिले होला तिमी र म सँगै हुने दिन । बोलको गीतमा मोहन कार्कीको निर्देशनमा म्यूजिक भिडियो आउने भएको छ ।

 

कार्की पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् । कार्कीले माइली उपन्यास पनि बजारमा ल्याई सकेका छन् भने अब उनी म्यूजिक भिडियोको निर्देशकीय भूमिकामा समेत देखा परेका छन् । म्यूजिक भिडियोलाई जनआकाश मिडिया प्रा.लि. ले निर्माण गरेको हो ।

 

जनआकाश साप्ताहिकमा कार्यरत सञ्चारकर्मी समेत रहेका विनोद कार्कीको शब्द संकलनमा रहेको उक्त गीत रामेछापको गाऊँले परिवेशलाई झल्काउने लोकजीवन एवं प्राकृतिक सुन्दरताले रामेछाप घुम्न आउने पर्यटकलाई आकर्षणमा पार्ने गरी गीतको शब्द संयोजन गरेका छन् ।

 

निर्देशनमा चुनौति भएतापनि गीतको भावना गाऊँले परिवेशको स्मृति अनि नयाँ कर्मप्रतिको रुचीका कारण पत्रकारितामा स्थापित भएजस्तै निर्देशनमा समेत स्थापित हुन दर्शक स्रोता माझ यस म्यूजिक भिडियोमा निक्कै मिहिनेत गरेको बताउँछन् निर्देशक मोहन कार्की ।

 

म्यूजिक भिडियो निर्देशकः मोहन कार्की

 

उक्त म्यूजिक भिडियोको सम्पादन प्रेम शर्मा पौडेलले गरेका छन् भने कृष्ण रसालले कोरियोग्राफी गरेका छन् ।  ड्रोन चालकमा कृष्ण ब्लोन रहेका छन् । म्यूजिक भिडियोका लागि काठमाडौं लगायत रामेछापका सुन्दर स्थानमा छायांकन गरिएको छ । म्युजिक भिडियो निर्माणका लागि राजन महतराका साथै रामेश्वर जिरेल समेतको संलग्नता रहेको छ ।

 

म्यूजिक भिडियोमा नवीन गौतम र बविता पोखरेलको मुख्य अभिनय रहेको छ भने कल्पना कार्की, सविना गर्बुजा कृष्ण पुन, नरेश पुन, केशव पुन, विनिता भण्डारी, लक्ष्मण नेपाल, कविर श्रेष्ठ, सविन गुरुङ र मन्दिप पुन, करिश्मा पुन लगायत स्थानीय कलाकारहरुले अभिनय र नृत्य गरेका छन् ।

 

गीतको रचनाकारः विनोद कार्की

 

उक्त म्यूजिक भिडियो जनआकाश साप्ताहिकको १६औं बार्षिकोत्सवको अवसर पारेर नेपाल-प्रज्ञा प्रतिष्ठान कमलादीमा विमोचन गर्ने कार्यक्रम रहेको निर्देशक मोहन कार्कीले जानकारी दिए । साथै उक्त अवसरमा ‘स्रष्टा र सृर्जना सम्मान-२०८०’ समर्पण गरिने कार्यक्रम समेत रहेको कार्कीले जानकारी गराए । साथै यसै बर्षदेखि नेपाली नारीहरुको महत्वपूर्ण पर्व तीजलाई जनआकाश मिडियाले विशेष बनाउन २०८० असार २० गतेबाट साउन ५ गतेसम्म तीज गीत छनौटको लागि रचना पठाउन आव्हान गरेको थियो । प्राप्त रचनामध्ये उत्कृष्ट एक जनालाई सोही अवसर पारेर सुसेली सम्मान प्रदान गर्ने कार्यक्रम समेत रहेको निर्देशक मोहन कार्कीले जानकारी गराए । सोही उत्कृष्ट ‘सुसेली’ तीजलाई जनआकाश मिडियाले निर्माण गरेर तीज अगावै म्युजिक भिडियोको रुपमा ल्याउने समेत जानकारी गराएको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
संसद्‌मा गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्ने

संसद्‌मा गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्ने

वि.सं.२०८१ जेठ ६ आइतवार १७:३७

  काठमाडौं: प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सम्बोधन...

नेपाली बजारमा सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

नेपाली बजारमा सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४६

  काठमाडौं: नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल...

कांग्रेसको नेतृत्वमा विपक्षी मोर्चाको बैठक बस्दै

कांग्रेसको नेतृत्वमा विपक्षी मोर्चाको बैठक बस्दै

वि.सं.२०८१ जेठ ६ आइतवार ११:३२

  काठमाडौं: नेपाली कांग्रेसको नेतृत्वमा प्रतिपक्षी दलहरूको संयुक्त बैठक बसिरहेको...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ६ आइतवार ११:०६

  काठमाडौं: सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सहमतिपछि...

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३

  काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ...