Texas College
YouTube Link

नेपाली राष्ट्रिय महिला फुटबल टोली कठिन समूहमा

Facebook Link

 

काठमाडौं: चीनको हान्झोउमा सेप्टेम्बरबाट सुरु हुने १९औं एसियाली खेलकुद अन्तर्गत नेपाली राष्ट्रिय महिला फुटबल टोली कठिन समूहमा परेको छ ।

 

नेपाल रहेको समूह ‘डी’ मा हाल अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकप खेलिरहेका दुई टोली जापान र भिएतनामसँगै दक्षिण एसियाली च्याम्पियन बंगलादेश रहेको छ ।

 

स्वर्ण पदकको दावेदार एवं पूर्व विश्वकप विजेता जापानसँग नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय खेलमा भिड्न लागेको हो । भिएतनाम र बंगलादेशसँग भने नेपालले यस वर्ष नै खेलिसकेको छ । ओलम्पिक छनोटमा नेपाल र भिएतनामले दुई लेग खेलेका थिए ।

 

त्यस्तै बंगलादेशसँग साफ च्याम्पियनसिपको फाइनलमा पराजित नेपालले यसै महिना ढाकामा दुई खेलको मैत्रीपूर्ण सिरिज अपराजित रहेर पेनाल्टीमा जितेको थियो । एसियाली खेलकुदको महिला फुटबल स्पर्धामा १७ टोलीको सहभागिता रहनेछ । ५ समूहका शीर्ष टोलीसँगै उत्कृष्ट ३ उपविजेता अर्को चरणमा प्रवेश गर्नेछन् ।

 

समूह विभाजन यसप्रकार छ :

समूह ‘ए’ – चीन, उज्बेकिस्तान, मंगोलिया

समूह ‘बी’ – चाइनिज ताइपेइ, थाइल्याण्ड, भारत

समूह ‘सी’ – उत्तर कोरिया, सिंगापुर, कम्बोडिया

समूह ‘डी’ – जापान, भिएतनाम, नेपाल, बंगलादेश

समूह ‘ई’ – दक्षिण कोरिया, हङकङ, फिलिपिन्स, म्यानमार

 

नेपाली टोली पछिल्लो डेढ महिनादेखि प्रशिक्षणमा व्यस्त रहेको छ । एन्फाले आयोजना गरेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अनन्तराज थापा प्रशिक्षक रहेपनि एसियाली खेलकुदका लागि भने बालगोपाल महर्जनले टोलीलाई तयारी गराइरहेका छन् । उनीसँग राखेप मुख्य प्रशिक्षक अरुणा गुरुङ र गोलरक्षक प्रशिक्षक श्री प्रकाश वैद्य पनि साथमा छन् ।

 

प्रशिक्षणमा रहेका २२ खेलाडी:

गोलरक्षक: अन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ

डिफेन्ड: अमृता जैसी, गिता राना, हिरा कुमारी भुजेल, पुजा राना, विमला विक, निशा ठोकर, समिक्षा घिमिरे

मिडफिल्डर: रेनुका नगरकोटे, सरु लिम्बु, विमला चौधरी,अनिता बस्नेत, प्रीति राई, दिपा शाही

फरवार्ड: सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मी कुमारी घिसिङ, अमिशा कार्की, रेखा पौडेल

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३७

काठमाडौं: गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । व्यापारी...

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

वि.सं.२०८३ वैशाख ९ बुधवार १३:२१

काठमाडौं: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिताको प्रभावकारी...

एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...