YouTube Link

सातौं स्थानको लागि नेपाल र आयरल्यान्ड भिड्दै

Facebook Link

 

काठमाडौं: आइसिसी विश्वकप छनोटको सातौं स्थानको लागि नेपालले आज आयरल्यान्डविरुद्ध खेल्दैछ । यी दुईबीको खेल नेपाली समयानुसार दिउँसो १२:४५ बजे ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा हुनेछ ।

 

यस खेलको विजेता सातौं र पराजित हुने टोली आठौं स्थानमा रहेर विश्वकप छनोट अन्त्य गर्नेछन् । नेपालले ओडिआईमा आयरल्यान्डसँग पहिलो पटक खेल्न लागेको हो । नेपाल पहिलो भेटमै सानदार प्रदर्शनमा साथ आयरल्यान्डलाई हराउन चाहन्छ ।

 

सुपर सिक्समा पुग्न नसकेको आयरल्यान्ड नेपालमाथि सहज जित निकाल्ने सोचमा हुनेछ । समूह चरणमा आयरल्यान्डलाई ओमान र स्कटल्यान्डले पराजित गरेको थियो । नेपालले हालसम्म कुनैपनि खेलमा टेस्ट टोलीलाई हराएको छैन । नेपाल त्यो इतिहास बनाउने सोचमा हुनेछ ।

 

नेपालको रोहित पौडेल र आयरल्यान्डको एन्डी बालबर्नीले कप्तानी गर्नेछन् । नेपालले युएईविरुद्ध आसिफ शेख, कुशल मल्ल र ललित नारायण राजवंशीलाई विश्राम दिएको थियो । आजको खेलमा नेपालले अर्जुन साउदलाई बेन्चमा राख्दै आसिफ शेखलाई टोलीमा फर्काउन सक्छ । ज्ञानेन्द्र मल्ललाई भने नेपालले निरन्तरता दिने सम्भावना छ । अनुभवी खेलाडी हुँदा टेस्ट टोलीविरुद्ध निरन्तरता दिनसक्छ ।

 

नेपालको टोलीमा अन्य परिवर्तन गर्ने सम्भावना छैन । युएईविरुद्ध एक समय ६३-६ को अवस्थाबाट ७९ रनको इनिङ खेल्दै जित दिलाएका दीपेन्द्रसिंह ऐरीबाट नेपाल ठूलो अपेक्षा गर्दछ ।

 

नेपालका सबै ब्याटरले विश्वकप छनोटमा सर्ट बल र बाउन्सरमा संघर्ष गरेका छन् । आयरल्यान्डले सर्ट बलको प्रयास गर्न सक्छ । मार्क आदिर, क्रेग योंग र ब्यारी म्याकार्थी आयरल्यान्डका प्रमुख तीव्र गतिका बलर हुन् । यी तीन बलरबाट सर्ट बलमा नेपाली ब्याटर जोगिन सके राम्रो योगफल बनाउन सक्छन् ।

 

स्पिनर सन्दीप लामिछाने नेपालका प्रमुख बलर हुन् । उनीबाट ठूलो टोलीविरुद्ध नेपाल उत्कृष्ट प्रदर्शन चाहन्छ । तीव्र गतिका बलरमा करण केसीले नयाँ बलका साथ उच्च प्रदर्शन गर्दै आएका छन् । करणलाई गुलशन झा र सम्भव त किशोर महतोले साथ दिनेछन् । पार्टटाइममा दीपेन्द्र स्पिनरको रुपमा हुनेछन् ।

 

नेपाल समूह ‘ए’ बाट ४ खेलमा ३ मा हार र १ मा जित सहित चौथो स्थानमा रहेर बाहिरिएको थियो । नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । जिम्बावेसँग ८ विकेट, वेस्टइन्डिजसँग १०१ र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएपछि सुपर सिक्समा पुग्न सकेको थिएन ।

 

उता आयरल्यान्ड पनि ४ खेलमा ३ मा हार र १ मा जितससहित चौथो स्थानमा रहेर समूह ‘बी’ बाट बाहिरिएको थियो । आयरल्यान्ड समूह चरणमा ओमानसँग ५ विकेट, स्कटल्यान्डसँग १ विकेट र श्रीलंकासँग १३३ रनले पराजित भएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...