YouTube Link

सातौं स्थानको लागि नेपाल र आयरल्यान्ड भिड्दै

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: आइसिसी विश्वकप छनोटको सातौं स्थानको लागि नेपालले आज आयरल्यान्डविरुद्ध खेल्दैछ । यी दुईबीको खेल नेपाली समयानुसार दिउँसो १२:४५ बजे ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा हुनेछ ।

 

यस खेलको विजेता सातौं र पराजित हुने टोली आठौं स्थानमा रहेर विश्वकप छनोट अन्त्य गर्नेछन् । नेपालले ओडिआईमा आयरल्यान्डसँग पहिलो पटक खेल्न लागेको हो । नेपाल पहिलो भेटमै सानदार प्रदर्शनमा साथ आयरल्यान्डलाई हराउन चाहन्छ ।

 

सुपर सिक्समा पुग्न नसकेको आयरल्यान्ड नेपालमाथि सहज जित निकाल्ने सोचमा हुनेछ । समूह चरणमा आयरल्यान्डलाई ओमान र स्कटल्यान्डले पराजित गरेको थियो । नेपालले हालसम्म कुनैपनि खेलमा टेस्ट टोलीलाई हराएको छैन । नेपाल त्यो इतिहास बनाउने सोचमा हुनेछ ।

 

नेपालको रोहित पौडेल र आयरल्यान्डको एन्डी बालबर्नीले कप्तानी गर्नेछन् । नेपालले युएईविरुद्ध आसिफ शेख, कुशल मल्ल र ललित नारायण राजवंशीलाई विश्राम दिएको थियो । आजको खेलमा नेपालले अर्जुन साउदलाई बेन्चमा राख्दै आसिफ शेखलाई टोलीमा फर्काउन सक्छ । ज्ञानेन्द्र मल्ललाई भने नेपालले निरन्तरता दिने सम्भावना छ । अनुभवी खेलाडी हुँदा टेस्ट टोलीविरुद्ध निरन्तरता दिनसक्छ ।

 

नेपालको टोलीमा अन्य परिवर्तन गर्ने सम्भावना छैन । युएईविरुद्ध एक समय ६३-६ को अवस्थाबाट ७९ रनको इनिङ खेल्दै जित दिलाएका दीपेन्द्रसिंह ऐरीबाट नेपाल ठूलो अपेक्षा गर्दछ ।

 

नेपालका सबै ब्याटरले विश्वकप छनोटमा सर्ट बल र बाउन्सरमा संघर्ष गरेका छन् । आयरल्यान्डले सर्ट बलको प्रयास गर्न सक्छ । मार्क आदिर, क्रेग योंग र ब्यारी म्याकार्थी आयरल्यान्डका प्रमुख तीव्र गतिका बलर हुन् । यी तीन बलरबाट सर्ट बलमा नेपाली ब्याटर जोगिन सके राम्रो योगफल बनाउन सक्छन् ।

 

स्पिनर सन्दीप लामिछाने नेपालका प्रमुख बलर हुन् । उनीबाट ठूलो टोलीविरुद्ध नेपाल उत्कृष्ट प्रदर्शन चाहन्छ । तीव्र गतिका बलरमा करण केसीले नयाँ बलका साथ उच्च प्रदर्शन गर्दै आएका छन् । करणलाई गुलशन झा र सम्भव त किशोर महतोले साथ दिनेछन् । पार्टटाइममा दीपेन्द्र स्पिनरको रुपमा हुनेछन् ।

 

नेपाल समूह ‘ए’ बाट ४ खेलमा ३ मा हार र १ मा जित सहित चौथो स्थानमा रहेर बाहिरिएको थियो । नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । जिम्बावेसँग ८ विकेट, वेस्टइन्डिजसँग १०१ र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएपछि सुपर सिक्समा पुग्न सकेको थिएन ।

 

उता आयरल्यान्ड पनि ४ खेलमा ३ मा हार र १ मा जितससहित चौथो स्थानमा रहेर समूह ‘बी’ बाट बाहिरिएको थियो । आयरल्यान्ड समूह चरणमा ओमानसँग ५ विकेट, स्कटल्यान्डसँग १ विकेट र श्रीलंकासँग १३३ रनले पराजित भएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...