उपाधि उचाल्ने योजनामा मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल
वि.सं.२०८० असार १९ मंगलवार ०८:२१
2K
shares
काठमाडौं: मलेसियामा जारी एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा घरेलु टोलीविरुद्ध नेपालले पहिला बलिङ ब्याटिङ गरिरहेको छ ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ रोजेपछि घरेलु टोली मलेसियाले बलिङ गरिरहेको छ ।
नेपाली टोली मलेसियालाई हराउँदै लगातार तेस्रोपटक उपाधि उचाल्ने योजनामा छ । सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो । मलेसिया भने हङकङलाई ७८ रनले हराउँदै फाइनल प्रतिस्पर्धामा प्रवेश गरेको हो ।
वि.सं.२०८० असार १९ मंगलवार ०८:२१



















