YouTube Link

साफमा आज नेपाल र भारतबीच भिडन्त हुँदै

Facebook Link

 

काठमाडौं: १४औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत नेपालले आज समूह चरणको आफ्नो दोश्रो खेल भारतसँग खेल्दै छ ।

 

बेङ्गलोरस्थित श्री कान्तेराव स्टेडियममा हुने खेल नेपाली समयानुसार आज राति पौने आठ बजे शुरु हुनेछ । साफ च्याम्पियनसिपको १४औं संस्करण जारी रहँदा सर्वाधिक सफल टोलीको रुपमा परिचित भारतविरुद्ध नेपाल समूह चरणमै भिड्न लागेको हो ।

 

डेढ वर्षअघि माल्दिभ्समा सम्पन्न १३औं संस्करणको प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित हुँदै उपाधि जित्नबाट बञ्चित बनेको थियो । गत संस्करणको हारको बदला लिने अवसर रहे पनि नेपाललाई भारतसँगको खेल जित्न सजिलो भने छैन ।

 

दक्षिण एशियाली फुटबल क्षेत्रमा नै एकछत्र राज गर्दै आएको घरेलु टोली भारतविरुद्ध मैदानमा उत्रिदै गर्दा नेपाल आज पहिलो जितको खोजिमा हुनेछ । यसअघि पहिलो खेलमा नेपाल कुवेतसँग ३-१ गोलले पराजित भएको थियो ।

 

यता पहिलो खेलमा पाकिस्तानलाई ४-० गोलले हराएको भारत भने लगातार दोश्रो जितको खोजिमा हुनेछ । नेपाल र भातरबिच यसअघि २३ खेलमा प्रतिस्पर्धा भईसकेको छ । जसमध्ये भारतले १६ खेल जित्दा नेपालले मात्र दुई खेल जित्न सकेको छ भने ५ खेल बराबरी खेलेको छ ।

 

प्रतियोगिता अन्तर्गत समूह ‘ए’ मा रहेको भारत पहिलो खेलबाट ३ अंकका साथ समूहको शिर्ष स्थानमा रहँदा पहिलो खेलमा पराजित अंक विहिनी नेपाल तेश्रो स्थानमा छ ।

 

साफ च्याम्पियनसिप अन्तर्गत आज नै हुने समूह ‘ए’ को अर्को खेलमा पाकिस्तान र कुवेतबिच प्रतिस्पर्धा हुनेछ । श्री कान्तेराव स्टेडियममा हुने यी दुई टोलीबिचको खेल भने दिउँसो ३:४५ बाट शुरु हुनेछ ।

 

प्रतियोगितामा सहभागी आठ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल च्याम्पियनसिपको समूह ‘ए’ मा रहेको छ । समूह ‘ए’ मा नेपालसँगै आयोजक भारत, कुवेत र पाकिस्तान रहेका छन् । समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।

 

नेपालले अब समूह चरणको तेश्रो तथा अन्तिम खेलमा असार १२ गते पाकिस्तानविरुद्ध खेल्नेछ । साफ च्याम्पियनसिपमा नेपालसँगै, भारत, कुवेत, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स र बंगलादेश सहभागी छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...