YouTube Link

जिम्बावेलाई दियो नेपालले २९१ रनको बलियो लक्ष्य

Facebook Link

 

काठमाडौं: ओपनर कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी ब्याटिङमा नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ को पहिलो खेलमा घरेलु टोली जिम्बावेलाई २९१ रनको लक्ष्य दिएको छ ।

 

हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९० रन बनायो । नेपालका ओपनर कुशल भुर्तेलले ९५ बलमा १३ चौका र २ छक्कासहित सर्वाधिक ९९ रनको योगदान दिए । उनी स्पिनर वेलिंग्टन मसाकाद्जाको ३२औं ओभरको पाँचौं बलमा योर्कर बलमा बोल्ड आउट भएपछि शतक बनाउन एक रनले चुकेका थिए ।

 

अर्का ओपनर आसिफ शेख १ सय बलमा ७ चौकासहित ६६ रनमा आउट भए । मसाकाड्जाको बलमा ठूलो सट खेल्ने धुनमा रायन बर्लबाट क्याच आउट हुन पुगे । नेपाललाई पहिलो विकेटका लागि कुशल र आसिफ शेखले ३१.५ ओभरमा १७१ रनको कीर्तिमानी साझेदारी गर्दै सानदार सुरुवात दिलाए । उनीहरु आउट भएपछि नेपालले बाँकी १८.१ ओभरमा ७ विकेट गुमाउँदै ११९ रन मात्रै बनाउन सक्यो ।

 

कुशल ४२ बलमा २ चौका र ३ छक्कासहित ४१ रनमा आउट भए । कुशल चताराको बलमा मिडअनमा क्रेग इर्विनबाट क्याच आउट भए । कप्तान रोहित पौडेल २९ बलमा ५ चौकासहित ३१ रनमा आउट भए । तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले ७२ रनको साझेदारी गरेका थिए ।

 

भीम सार्की गोल्डेन डक आउट भए । नेपालले पाँच रन पेनाल्टी समेत पाएको थियो । नेपालका गुलशन झा १३, दीपेन्द्रसिंह ऐरी ६ र आरिफ शेख १० रनमा आउट भए । करण केसी २ रनमा नट आउट रहे ।

 

जिम्बावेका रिचर्ड न्गारावाले ९ ओभरमा १ मेडनसहित ४३ रन खर्चेर ४ विकेट लिए । वेलिंग्टन मसाकाड्जाले १० ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । ब्लेसिङ मुर्जाबानी र टेन्डाई चताराले समान एक-एक विकेट लिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...