YouTube Link

‘ए’ डिभिजन लिग अन्तर्गत आज सिजनको अन्तिम तीन खेलहरु हुँदै

Facebook Link

 

काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज सिजनको अन्तिम चरणको अन्तिम तीन खेलहरु हुँदैछ । जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र एक खेल च्यासल मैदानमा हुनेछ ।

 

दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

 

लिगको उपविजेता मछिन्द्र आज जित निकाल्दै सिजनको सुखद अन्त्य गर्न चाहन्छ । मछिन्द्र २५ खेलमा ४२ अंक जोडेर दोस्रो स्थानमा छ । मनाङ पनि जित निकाल्दै लिगलाई सुखद अन्त्य गर्न चाहन्छ । मनाङ २५ खेलमा ३२ अंक जोडेर आठौं स्थानमा छ ।

 

रंगशालामा हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल दिउँसो ५:३० बजे सुरु हुनेछ । जावलाखेल जित निकाल्दै सिजनको सुखद अन्त्य गर्न चाहन्छ ।  जावलाखेल २५ खेलमा ३७ अंक जोडेर चौंथो स्थानमा छ ।

 

थ्री स्टार आज जित निकाल्दै रेलिगेसनबाट जोगिन चाहन्छ । थ्री स्टार २५ खेलमा २९ अंक १३ औं स्थानमा रहेको छ ।

 

यस्तै च्यासलमा संकटा क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । संकटा र एनआरटी आज जित निकाल्दै सिजनको सुखद अन्त्य गर्न चाहन्छ । संकटा २५ खेलमा ३१ अंक जोडेर नवौं स्थानमा छ । एनआरटी २५ खेलमा ३३ अंक जोडेर सातौं स्थानमा छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...