YouTube Link

आज २५६७औं बुद्ध जयन्ती मनाइँदै

World Cup 2026
Facebook Link

 

काठमाडौं: शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा आराधना र प्रवचन गरी मनाइँदै छ ।

 

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो ।

 

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।

 

“अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो”, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६७औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।

 

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहार लगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ ।

 

यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...