YouTube Link

प्रकृतिपूजक किराँतले आज उभौली पर्व हर्षोल्लासका साथ मनाउँदै

World Cup 2026
Facebook Link

 

काठमाडौं: प्रकृतिपूजक किराँत जातिले आज उभौली पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । किराँती प्रकृतिपूजक भएकाले प्रकृतिलाई खुशी पार्न हरेक वर्ष यो पर्व उभौली र उधौली गरि दुई पटक मनाइन्छ ।

 

वैशाख पूर्णिमाका अवसरमा किरात सुनुवार, राई, लिम्बूले ढोलझ्याम्टाका साथ ष्याँदर र साकेला नाच्दै उभौली पर्व मनाउने गर्दछन् । किराँतको यो पर्व पृथ्वीमा कृषि युग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ ।

 

बालीनाली रोप्ने र लगाउने कार्य गर्ने यामलाई किरातहरुले उभौली भन्दछन भने बाली तयार भएपछि बाली घर भित्राईने यामलाई उधौली भन्ने गरिन्छ । यी दुवै याममा किरा समुदायले प्रकृतिको पूजाआजा गरी यो पर्व मनाउने गर्दछन् ।

 

यो पर्व ऋतु परिवर्तनको संकेत दिने पर्व पनि हो । वसन्त ऋतुमा पर्ने उभौलीमा ष्याँदर साकेला चण्डी नाच नाचिन्छ । नाचमार्फत् प्रकृतिको आराधना गरिन्छ । चण्डी नाच नाचिने भएकाले यो दिनलाई चण्डी पूर्णिमा भनेर पनि भनिन्छ ।

 

उभौली पर्व मौसमसँग सम्बन्धित छ । अन्नबाली सप्रियोस्, खाद्यान्नको कमी नहोस् र सुख शान्ति प्राप्त होस् भन्ने उद्देश्यका साथ यो पर्व मनाउने गरिन्छ । किरात राईहरूको बसोबास रहेको प्रदेश नम्बर १ अन्तर्गतका पूर्वी पहाडी जिल्लाका ओखलढुंगा, धरान, इटहरी, गाईघाट, कटारी, मोरङ तथा बागमती प्रदेशका रामेछाप, सिन्धुली, दलखा राजधानी काठमाडौँ आदि सहरमा रहेका सुनुवार र राई समुदायले यो पर्व धुमधामका साथ मनाउने गर्छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...