YouTube Link

नक्कली भुटानी शरणार्थी बनाउने गिरोह पक्राउसँगै राजनीतिक व्यक्तित्त्व र प्रशासकको पोल खोल्दै

Facebook Link

 

काठमाडौं: नक्कली भुटानी शरणार्थी बनाएर ठगी धन्दामा संलग्न उच्च राजनीतिक व्यक्तित्त्वदेखि प्रशासकहरू धमाधम पक्राउ पर्न थालेका छन् ।

 

नक्कली शरणार्थी बनाउने गिरोह पक्राउ परेपछि उनीहरूले राजनीतिक व्यक्तित्त्व र प्रशासकको पोल खोल्दै गएका छन् । नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै गिरोहले ८ सय ७५ जनासँग १० देखि ५० लाखसम्म रकम उठाएको प्रहरीको अनुमान छ ।

 

यसप्रकरणमा पूर्वऊर्जामन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी भएको छ । उनका छोरा सन्दीप यसै प्रकरणमा मुछिएकाले बुधबार नै बुटवलबाट पक्राउ परेका छन् । यस्तै उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे पनि बुधबार पक्राउ  परेको प्रहरीले जनाएको छ ।

 

शरणार्थी प्रकरणमा अरबौं ठगी गरेको भन्दै उजुरी परेपछि एमाले नेता टोपबहादुर रायमाझीका सहयोगी सानु भण्डारी र कांग्रेस नेतृ सुजाता कोइरालाका पूर्वस्वकीय सचिव केशव दुलालसहित मोरङका सागर थुलुङ, पाँचथरका टंक गुरुङ र दाङका सन्देश शर्मा यसअघि नै पक्राउ परेका छन् । उनीहरूविरुद्ध सांगठित अपराधमा मुद्दा दर्ता भई जिल्ला अदालत काठमाडौंमा मुद्दा चलिरहेको छ ।

 

मंगलबार पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षाविज्ञ डा. इन्द्रजित राई पनि पक्राउ परेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा इन्द्रजित राईका छोरा निरज राईको पनि संग्लनता भेटिएपछि उनीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

 

निरजलाई भने अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन । बुधबार एमाले नेता टोपबहादुर रायमाझीका बाबु-छोराविरुद्ध पनि पक्राउ पुर्जी जारी हुनु र पूर्वगृहसचिव टेकनारायण पाण्डे पनि पक्राउ परेसँगै प्रहरीको अनुसन्धान हाइप्रोफाइल तिर सोझिएको हो ।

 

भुटानी शरणार्थी भन्दै नक्कली कागजात बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने धन्दामा हाइप्रोफाइल व्यक्तिको पनि संलग्नता भएको आरोप लागेपछि प्रहरीले अनुसन्धान तीव्र पारेको छ ।

 

मंगलबार पक्राउ परेका इन्द्रजित राई र बुधबार पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा शरणार्थी प्रकरणमा रायमाझी बाबुछोराको संलग्नता देखिएको हो । अनुसन्धानमा सक्रिय प्रहरीका अनुसार यसअघि पक्राउ परेका सानु भण्डारीको बयानमा इन्द्रजित राईलाई १ करोड ५० लाख दिएको उल्लेख छ । ललितपुरका स्थानीय भण्डारीले आफ्नो डायरीमा ३ पटक डा. राईलाई नगद दिएको विवरण उल्लेख गरेका छन् । डायरीमा उल्लेख गरिएको विवरण अनुसार डा. राईले ५० लाख, ३५ लाख र ६५ लाख गरेर ३ किस्तामा १ करोड ५० लाख लिएको बताएका छन् ।

 

यस्तै पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आरोपीहरूले १ करोड ५० लाख बुझाएको चेकसमेत प्रहरीले बरामद गरेको छ । यस्तै आरोपीहरूले पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ५० लाख दिएको बयानमा उल्लेख गरेका छन् । आरोपीको बयानलाई पुष्टि हुने किसिमले मंगलबार पक्राउ परेका राईले पनि बयान दिएसँगै बुधबार पाण्डे पक्राउ परेका हुन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

फिफा विश्वकप फुटबलको अवसरमा प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप {फोटो समाचार}

फिफा विश्वकप फुटबलको अवसरमा प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप {फोटो समाचार}

वि.सं.२०८३ साउन ४ सोमवार १६:३७

फिफा विश्वकप फुटबल-2026 को अवसर पारेर बक्स अफिस इन्टरनेसनल ग्रुपको...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...