रवि लामिछाने रास्वपा संसदीय दलको नेतामा सर्वसम्मत चयन
वि.सं.२०८० वैशाख १८ सोमवार १८:३९
1.4K
shares
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा रवि लामिछाने चयन भएका छन् । आज बसेको संसदीय दलको बैठकले लामिछानेलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।
पार्टीको आजै बसेको केन्द्रीय समिति बैठकले उनलाई संसदीय दलको नेतामा प्रस्ताव गरेको थियो । वैशाख १० गते भएको उपनिर्वाचनमा लामिछाने चितवन २ बाट प्रनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
त्यसअघि दलको नेता रहेका डीपी अर्यालले लामिछाने निर्वाचित भएलगत्तै राजीनामा दिएका थिए ।
वि.सं.२०८० वैशाख १८ सोमवार १८:३९




















