YouTube Link

बिहीबारदेखि छैठौं निफ हुँदै, ३५ देशका ९५ फिल्म प्रदर्शन हुने

Facebook Link

 

काठमाडौं: छैठौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) बिहीबार आयोजना हुँदैछ । आयोजक नेपाल फिल्म एण्ड कल्चर एकडेमीले भृकुटी मण्डपस्थित पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी पुरा भएको जानकारी दिएको छ ।

 

चैत्र ६ गतेसम्म आयोजना हुने महोत्सवको नारा ‘विश्वभरीका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने रहेको छ । ‘निफ’को समुद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ बाट हुने कार्यक्रम छ भने, समापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीबाट हुने आयोजक संस्थाका अध्यक्ष केपी पाठकले जानकारी दिएका छन् ।

 

५५ देशबाट ५ सय बढी चलचित्र मध्येबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनौट गरिएको कार्यक्रममा आयोजकले जानकारी दिएको छ । महोत्सवमा सहभागी सम्पूर्ण चलचित्रको प्रदर्शन क्यूएफएक्सद्वारा सञ्चालित ५ वटा अत्याधुनिक सिनेमा हलहरु काठमाडौँको सिभिल मल र छायाँ सेन्टर, पुल्चोकको लविङ मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा हुनेछन् । विश्वभरिका प्रतिनिधि चलचित्रलाई आफ्नै आँगनमा हेर्न पाउने यो अवसरबाट कलाकर्मी तथा कला अनुरागी कोही पनि बञ्चित हुनु हुन्न भनेर आयोजकले फिल्म प्रदर्शन ४ हलमा मिलाएको हो ।

 

निफको ‘ओपनिङ फिल्म’ को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुनेछ । त्यसैगरी माथि उल्लेखित सिनेमा हलहरुमा टिकट बुकिङ खुला भएको र ‘खल्ती एप’ मार्फत टिकट बुकिङ गर्न सकिनेछ । यस पटक पनि ७ विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको विधा समावेश छन् ।

 

यस पटकको निफमा समेत रचनात्मक कार्यक्रमलाई विशेष महत्त्व दिइएको छ । चलचित्र क्षेत्र र सम्बन्धित विधाका विज्ञहरूले विभिन्न सेसनमा उल्लेख्य सहभागिता जनाउनेछन् ।

 

कार्यक्रममा निफका प्रमुख सल्लाकार, कलाकार तथा निर्देशक नीर शाहले महोत्सवमा एकै ठाउँबाट संसार घुम्न र बुझ्न सकिने भन्दै महोत्सवको लाभ फिल्मकर्मी तथा सर्वसाधारणले उठाउनुपर्ने धारणा राखे ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...