आइसिसी यू-१९ विश्वकप: आज नेपाल र सिंगापुर खेल्दै
वि.सं.२०७९ फागुन १२ शुक्रवार ०८:३६
2.7K
shares
काठमाडौं: आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले आज पहिलो खेलमा सिंगापुरसँग खेल्दैछ ।
उपाधिको प्रमुख दाबेदार नेपाल सिंगापुरलाई हराउँदै प्रतियोगितामा सानदार सुरुवात गर्न चाहन्छ । प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् ।
सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ । नेपाल पनि २०१६ पछि पहिलो पटक विश्वकप खेल्ने सोचमा छ ।
नेपालको कप्तानी देव खनालले गर्नेछन् । देव नेपालका सर्वाधिक अनुभवी खेलाडी हुन् । सम्भव त देवले तेस्रो नम्बरमा ब्याटिङ गर्नेछन् । नेपालबाट १० ओडिआई खेल खेलिसकेका देवबाट नेपाल ठूलो इनिङ चाहन्छ ।
नेपालको यू-१९ बाट खेलिसकेका अर्जुन कुमाल र यू-१६ खेलेका दीपक बोहरा घरेलु प्रतियोगितामा राम्रो अनुभव बोकेका खेलाडी हुन् ।
भारतीय मुलका खेलाडीको बाहुल्यता रहेको सिंगापुरबाट नेपाल भने सहज हुनु पर्ने देखिन्छ । अधिकांस खेलाडीलसँग यू-१९ खेलेको अनुभव छ ।
वि.सं.२०७९ फागुन १२ शुक्रवार ०८:३६




















