YouTube Link

शबाब लडाकूहरूले गरेको १० घण्टा लामो घेराबन्दी अन्त्य

Facebook Link

एजेन्सी: सोमालियाको राजधानी मोगादिसुमा रहेको एक आवासीय भवनमा मंगलबार साँझ सोमाली सुरक्षा बलहरूले अल-शबाब लडाकूहरूले गरेको १० घण्टा लामो घेराबन्दी अन्त्य गरेको छ ।

उक्त झडपमा १० जना सर्वसाधारणको मृत्यु भएको छ । उक्त दुर्घटनामा चार सुरक्षा अधिकारीसहित सात जना घाइते भएको सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा बलहरूले चार जना आक्रमणकारीलाई गोली हानी मारेको छ ।’ मंगलबार दिउँसो चरमपन्थीहरूले मध्य सोमालियामा सैनिक कारबाहीमा घाइते भएर उपचार गराइरहेका सरकार समर्थक मिलिशियाहरू बस्ने आवासीय भवनमा आक्रमण गरेका थिए ।

आफू समर्थित सञ्चारमाध्यमहरू मार्फत पछिल्लो आक्रमणको जिम्मेवारी लिने अल–शबाबले आफ्ना लडाकुहरूले सैनिक र  सर्वसाधारणसहित कम्तीमा ७० जनाको ज्यान गएको दाबी गरेको छ ।

सरकार समर्थक मिलिशियाको समर्थनमा रहेको सोमाली सरकारले शबाब लडाकूहरूलाई उनीहरू लुकेको ठाउँहरूबाट हटाउन मध्य सोमालियामा संयुक्त कारबाही सञ्चालन गरिरहेको छ ।

गत वर्ष राष्ट्रपति हसन शेख मोहम्मदले विद्रोही विरुद्ध सर्वत्र युद्धको घोषणा गरेपछि सरकारी सेनाले अल–शबाबविरुद्धको आक्रमणलाई तीव्र बनाएको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...