कांग्रेस गृहमन्त्री होइन राज्यमन्त्री पाएपनि सरकारमा आउँछः ओली
वि.सं.२०७९ माघ १९ बिहीवार १३:११
1.6K
shares
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले राष्ट्रपतिका लागि चाहना गर्नु अनौठो कुरा नभएको बताएका छन् ।
आज विराटनगरमा सञ्चारकर्मीहरूले ओलीलाई कांग्रेसले राष्ट्रपतिमा दाबी गरिरहेको विषयमा सोधेका थिए । ‘कांग्रेसले राजनीतिक संस्कार र स्तर नराखेको हो । तर राष्ट्रपतिको उम्मेदवार हुन्छु, हामीलाई दिनुस भन्नु, हामीले पाउनुपर्छ भन्नु अनौठो कुरा होइन ।’ ओलीले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेजस्तो राष्ट्रपतिमा राष्ट्रिय सहमति हुन्छ त भन्ने पत्रकारको प्रश्नमा उनले घुमाउरो जवाफ दिए । ‘अहिले बनेको नयाँ समीकरणको उम्मेदवारलाई यदि कांग्रेसले पनि सहमति गर्यो भने राष्ट्रिय सहमति हुन्छ ।’
ओलीलाई गृहमन्त्री पाएमा सरकारमा जाने भनि हालै कांग्रेस नेता शशाङ्क कोइरालाले दिएको अभिव्यक्तिबारे सोधेको प्रश्नमा ‘कांग्रेस त गृह राज्यमन्त्री पाए पनि सरकारमा आउँछ ।’ ओलीले जवाफ दिए ।
वि.सं.२०७९ माघ १९ बिहीवार १३:११




















