YouTube Link

एस टी-२० लिग क्रिकेटको उपाधि पुल्चोक क्रिकेट क्लबलाई

Facebook Link

 

काठमाडौं: भक्तपुरस्थित सैनिक महाविद्यालयको मैदानमा आयोजना गरिएको एस स्पोर्ट्स एण्ड इभेन्ट्स प्रा.लि.द्वारा आयोजित एस टी-२० लिग क्रिकेटको उपाधि पुल्चोक क्रिकेट क्लबले जितेको छ ।

 

पुल्चोक क्रिकेट क्लबले फाइनल खेलमा किङ्ग्स क्रिकेट क्लबलाई हराउँदै नगद ४५ हजार रुपैयाँ सहितको उपाधि जितेको हो ।

 

खेलमा उपाधि हात पार्ने पुल्चोक क्रिकेट क्लब तथा दोस्रो हुने किङ्ग्स क्रिकेट क्लबलाई प्रतिनिधिसभा सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य सोविता गौतम र प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मेडल तथा शिल्ड प्रदान गरेका थिए ।

 

प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा खेलको म्यान अफ द म्याच सागर थापा घोषित भए भने नवीन यादव, सुवास खत्रीले उत्कृष्ट ब्याट्सम्यान र बलरको उपाधि लिए ।

 

उपत्यकाका विभिन्न क्लबका ८ टिम सहभागी प्रतियोगिता युवालाई क्रिकेट खेलप्रति रुचि जगाउन र नेपालको नाम विश्वमा उच्च रूपमा राख्ने अभिप्रायले आयोजना गरेको आयोजक एस क्रिकेट एवं इभेन्ट्का प्रमुख एवं युवा क्रिकेट खेलाडी सर्वोच्च बस्नेतले बताए ।

 

कार्यक्रममा बोल्दै सांसद गौतमले खेलकुदमार्फत देशलाई चिनाउनका लागि पर्याप्त बजेट र प्राथमिकता दिनुपर्ने सुझाव राखे । कलिलो उमेर समूहका एस टीमले क्रिकेटलाई बलियो बनाउन गरेको प्रयास देखेर आफूलाई खुशी लागेको भन्दै सांसद गौतमले यो अभियानमा आफू हातमा हात मिलाएर अघि बढ्ने बताए ।

 

अक्षरा स्कुलका प्रिन्सिपल अञ्जु भट्टराईले युवाहरुमा क्रिकेट मोह बढी भएकाले युवाका उत्साह र उर्जालाई जोगाई यो क्षेत्रको विकास गर्न सबै जुट्नुपर्ने बताए ।

 

यो प्रतियोगिताको टाइटल स्पोन्सर सिम्रिक हेलिकप्टर प्रा.लि.ले गरेको थियो भने को-स्पोन्सर सिनामँगलस्थित क्रिस्टल डाइग्नोक्स्टिक प्रा.लि.ले गरेको थियो ।

 

त्यस्तै अन्य प्रायोजकहरुमा ब्रिलियन्ट एजुकेसन एण्ड करियर सर्भिस, आइएसएमटी कलेज, अक्षरा स्कुल, जीसीडी एचआर एण्ड म्यानेजमेन्ट कन्सल्टेन्सी र अर्बिट इन्टरनेस्नल एजुकेसन रहेको थियो ।

 

कोरोना महामारीपछि उपत्यकामा यस्ता प्रकारको खेल आयोजना हुन छाडेपछि खेलप्रेमीमा उत्साह ल्याउन प्रतियोगिता आयोजना गरिएको आयोजक प्रमुख बस्नेतले बताए । एस स्पोर्ट्स चर्चित क्रिकेट खेलाडी र क्रिकेटप्रेमी मिलेर सञ्चालनमा आएको हो ।

 

केही महिनाअघि ललितपुरमा मुलुकमै पहिलोपल्ट इन्डोरको फुल कोर्टमा प्रतियोगिता गराएर चर्चा आएको एस स्पोर्ट्सले नयाँ युवालाई प्रतियोगितामा सहभागिता गराएर खेलमा आकर्षक बनाएको आयोजक संस्थाका निर्देशक सुनिलकुमार ठाकुरले बताए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...