नवनियुक्त नयाँ चिनियाँ राजदूत छन् सोङ नेपालमा
वि.सं.२०७९ पुस २४ आइतवार १६:१५
1.7K
shares
काठमाडौं: नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ आइतबार काठमाडौं आएका छन् । चिनियाँ राजदूत होउ यान्छीको कार्यकाल सकिएपछि सोङ कार्यभार सम्हाल्न काठमाडौं आएका हुन् ।
नेपालमा नयाँ समीकरणका साथ बनेको प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत लिदै गर्दा प्रचण्ड सरकारलाई ढलाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भारत लागेको चर्चा भईरहदा नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ नेपाल आइपुगेका छन् ।
सोङ नेपाल आईपुग्दा नपुग्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायत उच्च अधिकारीको चलखेल बढेको बताईन्छ । राजदूत सोङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनलगायतका चिनियाँ दूतावासका अधिकारीले स्वागत गरेका थिए ।
राजदूत सोङ एसिया मामिलाका विज्ञका रूपमा चिनिन्छन् । राजदूत केही दिन क्वारेन्टीनमा बस्ने जनाईएको छ ।
वि.सं.२०७९ पुस २४ आइतवार १६:१५




















