YouTube Link

पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता बढ्दै

Facebook Link

 

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रतिनिधिसभामा १४ सिट हासिल गरेपछि पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो प्रभावलाई बढाउन थालेका छन् ।

 

केही समय अघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई भेटेका पूर्वराजा शाहले प्रतिनिधिसभाका सांसदलाई पनि भेटेका छन् ।  पूर्वराजाले राप्रपाका सांसदहरूलाई चितवन र बाराको सिमरामा भेटेको सार्वजनिक भएको छ ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने तयारीमा भएकाले पूर्वराजाको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

 

प्रचण्डले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । प्रचण्ड विश्वासको मत लिने तयारीमा रहँदा पूर्वराजाले सक्रियता बढाएको यसले पुष्टि गरेको छ ।

 

प्रचण्ड सरकारलाई समर्थन गरेको राप्रपाले पनि प्रचण्डलाई विश्वासको मत दिने तयारीमा छ । राप्रपाले विश्वासको मत नदिए प्रचण्ड नेतृत्वको सरकार अफ्टयारो अवस्थामा पुग्न सक्छ ।

 

प्रचण्ड पनि राप्रपालाई फकाउन जोड दिँदै आएका छन् । प्रचण्डले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने घोषणा गरिसकेका छन् ।

 

प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले दौरा सुरुवालमा लिएको शपथ ग्रहण पनि राप्रपालाई रुझाउनका लागि गरिएको बताइँदै आइएको छ ।

 

राप्रपाले प्रत्यक्षमा ७ र समानुपातिकमा पाँच लाख ८८ हजार आठ सय ४९ मतसहित ७ सिट जित हात पारेको थियो ।

 

१४ सिटे राप्रपाको चाबी पूर्वराजा ज्ञानेन्द्र शाहको हातमा रहेको छ । पूर्वराजाले कमल थापालाई फ्यालेर राजेन्द्र लिङदेनलाई पार्टी अध्यक्ष बनाएका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...