YouTube Link

नेपाली कांग्रेसमा देउवाप्रति आक्रोश, पार्टी सभापति र संसदीय दलबाट राजीनामा दिन चौतर्फी दवाव

World Cup 2026
Facebook Link

 

काठमाडौं: पार्टीलाई सार्वजनिक उपस्थितिभन्दा बाहिर पुर्याएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राजीनामा दिन दवाव बढेको छ ।

 

पार्टीका नेता तथा कार्यकर्ताले देउवा नेतृत्व असक्ष र अलोकप्रिय भएको भन्दै कांग्रेस नेताहरु पार्टी सभापति र संसदीयदलको नेताबाट राजीनामा दिनुपर्ने वा तत्काल विशेष महाधिवेश बोलाउन माग गरेका छन् ।

 

सभापति देउवालाई संस्थापन पक्षनकै नेताहरुले पनि तत्काल राजीनामा दिएर पार्टीमा आउनसक्ने सम्भावित खतरालाई टार्न सुझाएका छन् ।

 

देउवा समूहमा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल लगयतका नेताले देउवाले अब निकास दिनुपर्ने र पार्टीलाई यो अवस्थामा पुर्याएको जिम्मेवारी लिनुपर्ने माग गरेका छन् ।

 

संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालाले अन्तिम समयमा आएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्डले’ धोका दिएको बताएका छन भने महामन्त्री गगन थापाले केही बोलेका छैनन् ।

 

गठबन्धन असफल भएपछि ठूलो दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षमा बस्ने भएको छ । सभापति देउवा र डा. आरजु देउवाको हठका कारण यस्तो अवस्था आइलागेको भन्दै कांग्रेसका नेताहरुले नै राजीनामा माग्न थालेका हुन् ।

 

कांग्रेस नेताहरुको भनाइमा अब सभापतिले राजीनामा दिनुपर्छ नभए विशेष महाधिवेशन बोलाउनुपर्छ । कांग्रेस नेता अर्जुन नरसिंह केसीले सामाजिक सञ्जालमा यही विषयलााई उठाएका छन् ।

 

उनले लेखेका छन्, ‘म नै पार्टी, म नै राज्य हुँ’ भन्ने अहंकार, स्वकेन्द्रित निर्णय, चरम सत्ता लिप्साको दुषित नियतले भर्खरै प्राप्त जनादेशलाई उपेक्षा र तिरस्कार गर्दै पाँच दलीय गठबन्धन टुटेको छ । भन्दै सभापति देउवाप्रति आक्रोश पोखेका छन्।

 

पूर्वसभामुख तथा कांग्रेस नेता दमननाथ ढुंगानाले संसदीय प्रणालीमा आस्थागत प्रतिवद्धता भएको नेपाली कांग्रेस संख्याको खेलमा कहाँ चुक्यो ? सत्ताको लोभमा सिद्धान्तसँग अमिल्दो काम गर्दा नेतृत्व र नीतिबारे तुरुन्त सिंहालोकन जरुरी भएको बताएका छन् ।

 

सामाजिक सञ्जालमा कांग्रेस नेता तथा समर्थकले देउवाको हठका कारण संघदेखि प्रदेश सबै ठाउँबाट कांग्रेस विमुख हुनुपरेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...