Texas College
YouTube Link

फिफा विश्वकप फुटबलमा स्पेनलाई हराउँदै जापान नकआउट चरणमा पुग्यो, बेल्जियम र जर्मन विश्वकपबाट बाहिरिए

Facebook Link

 

काठमाडौं: कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा स्पेनलाई  २-१ गोल अन्तरले हराउँदै जापान नकआउट चरणमा प्रवेश गरेको छ ।

 

जापानको जितमा रित्सु डोन र एओ टानकाले एक एक गोल गरे । स्पेनका अल्भारो मोराटाले एक गोल फर्काए । खेलमा सुरुआती अग्रता भने स्पेनले बनाएको थियो ।

 

खेलको ११औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा जापानले उत्कृष्ट पुनरागमन गर्यो ।

 

खेलको ४८ औं मिनेटमा रित्सुले गोल गर्दै जापानलाई १-१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ५१औं मिनेटमा टानकाले गोल गर्दै जापानलाई २-१ को जित दिलाए ।

 

जितसँगै जापान समूह ‘ई’ को समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो । जापानले ३ खेलमा ६ अंक जोड्यो । पराजित स्पेनले ३ खेलमा ४ अंक जोड्यो ।

 

स्पेन पनि समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

 

 

यसैबीच बेल्जियम विश्वकपबाट बाहिरिएको छ  । समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम बाहिरिएको हो ।

 

क्रोएसिया भने नकआउट चरणमा प्रवेश गरेको छ । जित्नैपर्ने खेलमा बेल्जियमले पाएको अवसरलाई खेर फालेका थिए । दोस्रो हाफमा मैदान प्रवेश गरेका बेल्जियमका रोमेलु लुकाकुले थुप्रै गोलको सुनौलो अवसर खेर फालेका थिए ।

 

क्रोएसियाले समेत केहि गोलको अवसरलाई सदुपयोग गर्न सकेन् । बराबरीपछि समूह ‘एफ’ को बेल्जियमले ३ खेलमा ४ अंक जोड्यो ।  बेल्जियम तेस्रो स्थान रह्यो ।

 

बेल्जियमको यस टिमलाई ‘गोल्डेन जेनेरेसन’ मानिएको थियो । तर यस टोलीले बेल्जियमलाई उपाधि दिलाउन असफल भएको छ । क्रोएसिया भने दोस्रो स्थानमा रहदै राउण्ड अफ १६ मा पुगेको हो ।

 

 

यसैगरी जर्मनी पनि समूह चरणबाट बाहिरिएको छ । कोस्टारिकालाई ४-२ गोल अन्तरले पराजित गरेपनि जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो ।

 

निकै  नै रोमान्चक खेलको १०औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ५८औं मिनेटमा येल्त्सिन तेजेडाले गोल गर्दै कोस्टारिकालाई १-१ गोलको बराबरीमा ल्याए ।

 

७०औं मिनेटमा जुआन पाब्लो भेर्गासले गोल गर्दै कोस्टारिकालाई २-१ को अग्रता दिलाए । खेलको ७३औं मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका काइ हार्भट्जले गोल गर्दै जर्मनीलाई २-२ को बराबरीमा ल्याए ।

 

खेलको ८५औं मिनेटमा हार्भट्जले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई ३-२ को अग्रता दिलाए । त्यसपछि खेलको ८९औं मिनेटमा निकलस फुल्करुगले गोल गर्दै जर्मनीलाई ४-२ को जित दिलाए ।

 

जितका बाबजुत समूह ‘ई’ मा जर्मनी तेस्रो स्थानमा रह्यो । र, प्रतियोगिताबाट बाहिरिएको छ । जर्म्मानी लगातार दोस्रो पटक समूह चरणबाट बाहिरिएको हो ।

 

जर्मनीले ३ खेलमा ४ अंक जोड्यो । कोस्टारिका ३ अंक जोडेर पुछारमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...