YouTube Link

डीआईजी सहित २६ सय दरबन्दी थप्न नेपाल प्रहरीको प्रस्ताव

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेपाल प्रहरीमा एक प्रहरी नायव महानिरीक्षक (डीआइजी) सहित २ हजार ६०० नयाँ दरबन्दी थप्न प्रस्ताव गरिएको छ ।

 

प्रहरी प्रधान कार्यालयले दरबन्दी थप्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ । प्रधान कार्यालयले एकजना डीआईजी, २ जना वरिष्ठ उपरीक्षक (एसएसपी), ७ जना उपरीक्षक (एसपी) र २५ जना नायव उपरीक्षक (डीएसपी)को दरबन्दी थप्न प्रस्ताव गरेको छ ।

 

अन्तर्राष्ट्रिय  विमानस्थलमा स्तरोन्नती भएसँगै पोखरा विमानस्थलमा प्रहरी वरिष्ठ उपरीक्षक राख्नुपर्ने प्रहरी प्रधान कार्यालयको प्रस्ताव छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन (यान्त्रिक परीक्षण) उडान सम्पन्न भइसकेको छ ।

 

दरबन्दी थप्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाउनुपर्छ । अर्थ मन्त्रालयको सहमति लिएर मात्रै सो प्रस्ताव कानुन मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, गृह मन्त्रालयले दरबन्दी थप्ने प्रस्ताव रोकेर ४ जना एआईजी बढुवा गर्ने तयारी गरेको छ ।

 

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को बढुवामा गृहसचिव विनोद प्रकाश सिंहले तीब्र लविङ गरिरहेका छन् । मंसिर ११ मा आईजीपी धिरजप्रताप सिंहको सहमति बेगर सचिवले निर्वाचन आयोगसँग बढुवाका लागि सहमति मागेका थिए । गृह मन्त्रालयको पत्रको आधारमा निर्वाचन आयोगले आवश्यक बढुवा र सरुवाका लागि मन्त्रालयलाई अनुमति दिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...