अर्जेन्टिनासँगै पोल्याण्ड पनि अन्तिम १६ मा प्रवेश
वि.सं.२०७९ मंसिर १५ बिहीवार ०७:५४
1.7K
shares
काठमाडौं: कतार फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह सी बाट अर्जेन्टिना र पोल्यान्ड नकआउट चरणमा प्रवेश गरेका छन् ।
पोल्याण्डलाई २-० गोल अन्तरले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो । अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक-एक गोल गरे ।
खेलको ३९औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका थिए । उनको प्रहार पोलिस गोलकिपर उत्कृष्ट बचाए ।
तर, ४६ औं मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ६७औं मिनेटमा अल्भारेजले गोल गर्दै अजेंतिनालाई २-० गोलको जित दिलाए ।
यस जितसँगै अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । अर्जेन्टिनाले ३ खेलमा ६ अंक जोड्यो । पोल्याण्डले ३ खेलमा ४ अंक जोड्यो । पोल्याण्ड पनि समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ ।

मेक्सिकोले साउदी अरेबियालाई २-१ ले पराजित गरेपनि नकआउट चरणमा स्थान बनाउन सकेन । यस समूहमा अर्जेन्टिना ३ खेलमा २ जित र १ हार सहित ६ अंकका साथ शीर्ष स्थानमा रहयो । मेक्सिको र पोल्यान्डले समान ४-४ अंक जोडे । तर पोल्यान्ड (०) को गोल अन्तर मेक्सिको (-१) भन्दा राम्रो हुँदा गोल अन्तरमा पोल्यान्ड अघि रहयो । साउदी अरेबिया ३ अंक सहित पुछारमा रहयो ।
वि.सं.२०७९ मंसिर १५ बिहीवार ०७:५४



















