काठमाडौं-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी शोविता गौतम निर्वाचित
वि.सं.२०७९ मंसिर ७ बुधवार ०७:१९
3.8K
shares
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीकी शोविता गौतम काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी छन् । गौतम १५ हजार १२९ मत पाउँदै विजयी भएकी हुन् ।
दोस्रो स्थानमा नेकपा एमालेका मणिराम फुयाँलले ११ हजार ५५५ मत प्राप्त गरे भने तेस्रो स्थानमा रहेकी राप्रपाकी कुन्ती पोखरेलले ११ हजार १४ मत प्राप्त गरिन् ।
गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की उम्मेदवार ओनसरी घर्ती ९ हजार ४४७ मतसहित चौथो स्थानमा पुगेकी छन् ।
वि.सं.२०७९ मंसिर ७ बुधवार ०७:१९



















