YouTube Link

कतार विश्वकप फूटबल ५०० रुपैयाँ तिरेर हेर्न पाइने

Facebook Link

 

काठमाडौं: मंसिर ४ गतेदेखि कतारमा हुने विश्वकप फूटबल प्रतियोगिता ५०० रुपैयाँ तिरेर हेर्न पाईने भएको छ ।

 

विश्वकप नि:शुल्क देखाउनु पर्ने मागसहित परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि नेपाली टेलिभिजनले ५०० रुपैयाँ लिएर विश्वकपको प्रत्यक्ष प्रसारण गर्न पाउने भएको हो ।

 

न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार सर्वोच्चकै यस अघिको एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो ।

 

विश्वकप फूटबलको नेपालमा प्रसारण अधिकार पाएको मिडिया हबले हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने र त्यस बापत ग्राहकसँग थप ५०० रुपैयाँ शुल्क लिने निर्णय गरेको थियो ।

 

त्यसका विरुद्ध अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, मिडिया हब, एनआईटीभी स्ट्रीम्ज, भायानेट कम्युनिकेशन्स, प्रेरा बिजनेश सेन्टर र एडप्याड एक्युजिशन, थापागाउँलाई विपक्षी बनाइएको थियो ।

 

निवेदकले थप ५०० रुपैयाँ लिने निर्णय कार्यान्वयन नगर्न नराउन अन्तरिम आदेश माग गरेका थिए । यसअघि कात्तिक २२ गते सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले अर्को निर्णय नहुँदासम्म यो निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

 

त्यसमा अन्तरिम आदेश दिने कि नदिने भनेर छलफल गर्न दुवै पक्षलाई बोलाइएको थियो ।  बुधबार न्यायाधीश ढुंगाना र शर्माको निर्णयमा अन्तरिम आदेश जारी गर्न मिलेन भनिए पनि मिडिया हब र हिमाललय टेलिभिजनको सम्झौतामा कम्तिमा चारवटा खेल नि:शुल्क प्रसारित गर्नुपर्ने उल्लेख छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...