Texas College
YouTube Link

उच्च निर्यात हुने वस्तुको ३३औं स्थानमा यार्सागुम्बा

Facebook Link

 

काठमाडौं: नेपालको उच्च पहाडी क्षेत्रमा पाइने यार्सागुम्बाको विश्वव्यापी माग बढ्दो छ । जसका कारण पछिल्लो समय नेपाली यार्सागुम्बाको निर्यात बढदै गएको छ ।

 

चालु आर्थिक बर्षको पहिलो ३ महिनामा नेपालबाट हुने यार्सागुम्बाको निर्यात बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालले चालु आर्थिक बर्षको पहिलो ३ महिनामा मात्रै २३ करोड ४८ लाख ८९ हजार रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात गरेको छ ।

 

यो परिमाण गत आर्थिक बर्षको सोही अवधिको तुलनामा करिव १० करोड रुपैयाँले बढी हो । गत आर्थिक बर्षको पहिलो ३ महिनामा नेपालबाट विभिन्न देशमा १३ करोड ४९ लाख १४ हजार रुपैयाँ बराबरको २ सय १८ किलो यार्सागुम्बा निर्यात भएको थियो ।

 

चालु आवको ३ महिनामा भने नेपालले ३८२ किलो यार्सागुम्बा निर्यात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । यससँगै चालु आवको पहिलो ३ महिनामा नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुको ३३औं स्थानमा यार्सागुम्बा परेको छ ।

 

बहुमूल्य जडिबुटी मानिने यार्सागुम्बा नेपाल भारत, भुटानसहित तिव्वतको ३ हजारदेखि ५ हजार मिटरसम्मको उचाइमा पाइन्छ । नेपालका दार्चुला, डोल्पा, मुगुलगायतका जिल्लामा पाईने यो जडिबुटी संकलनका लागि उक्त क्षेत्रका मानिसहरु घर छोडेर १ महिनासम्मै लेकतिर बस्ने गर्छन् ।

 

जिविकोपार्जनको आधार नै यार्सागुम्बा हुने भएकाले सम्बन्धित स्थानका बुढापाका, बालबालिका, वयस्क सबै विद्यालय बन्द गरेरसमेत संकलनका लागि लेकतिर लाग्छन र संकलन गरेर बेच्छन् । यसरी संकलन गरेको यार्सागुम्बा नेपालबाट कम्बोडिया, हंगकंग, भियतनाम, अमेरिका, मलेसियालगायतका देशमा निर्यात हुन्छ ।

 

भन्सार विभागको तथ्यांकलाई हेर्दा पछिल्लो ३ महिनामा नेपालबाट हंगकंगमा सबैभन्दा बढी यार्सागुम्बा निर्यात भएको देखिन्छ । यस अवधिमा नेपालले हंगकंगमा मात्रै ९ करोड ९५ लाख रुपैयाँ बराबरको १५८ किलो यार्सागुम्बा पठाएको छ । यस्तै कम्बोडियामा ८ करोड ७५ लाख ४६ हजार रुपैयाँ बराबरको १३८ किलो यार्सागुम्बा पठाईएको भन्सार विभागले जानकारी दिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३७

काठमाडौं: गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । व्यापारी...

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

वि.सं.२०८३ वैशाख ९ बुधवार १३:२१

काठमाडौं: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिताको प्रभावकारी...

एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...