YouTube Link

उच्च निर्यात हुने वस्तुको ३३औं स्थानमा यार्सागुम्बा

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: नेपालको उच्च पहाडी क्षेत्रमा पाइने यार्सागुम्बाको विश्वव्यापी माग बढ्दो छ । जसका कारण पछिल्लो समय नेपाली यार्सागुम्बाको निर्यात बढदै गएको छ ।

 

चालु आर्थिक बर्षको पहिलो ३ महिनामा नेपालबाट हुने यार्सागुम्बाको निर्यात बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालले चालु आर्थिक बर्षको पहिलो ३ महिनामा मात्रै २३ करोड ४८ लाख ८९ हजार रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात गरेको छ ।

 

यो परिमाण गत आर्थिक बर्षको सोही अवधिको तुलनामा करिव १० करोड रुपैयाँले बढी हो । गत आर्थिक बर्षको पहिलो ३ महिनामा नेपालबाट विभिन्न देशमा १३ करोड ४९ लाख १४ हजार रुपैयाँ बराबरको २ सय १८ किलो यार्सागुम्बा निर्यात भएको थियो ।

 

चालु आवको ३ महिनामा भने नेपालले ३८२ किलो यार्सागुम्बा निर्यात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । यससँगै चालु आवको पहिलो ३ महिनामा नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुको ३३औं स्थानमा यार्सागुम्बा परेको छ ।

 

बहुमूल्य जडिबुटी मानिने यार्सागुम्बा नेपाल भारत, भुटानसहित तिव्वतको ३ हजारदेखि ५ हजार मिटरसम्मको उचाइमा पाइन्छ । नेपालका दार्चुला, डोल्पा, मुगुलगायतका जिल्लामा पाईने यो जडिबुटी संकलनका लागि उक्त क्षेत्रका मानिसहरु घर छोडेर १ महिनासम्मै लेकतिर बस्ने गर्छन् ।

 

जिविकोपार्जनको आधार नै यार्सागुम्बा हुने भएकाले सम्बन्धित स्थानका बुढापाका, बालबालिका, वयस्क सबै विद्यालय बन्द गरेरसमेत संकलनका लागि लेकतिर लाग्छन र संकलन गरेर बेच्छन् । यसरी संकलन गरेको यार्सागुम्बा नेपालबाट कम्बोडिया, हंगकंग, भियतनाम, अमेरिका, मलेसियालगायतका देशमा निर्यात हुन्छ ।

 

भन्सार विभागको तथ्यांकलाई हेर्दा पछिल्लो ३ महिनामा नेपालबाट हंगकंगमा सबैभन्दा बढी यार्सागुम्बा निर्यात भएको देखिन्छ । यस अवधिमा नेपालले हंगकंगमा मात्रै ९ करोड ९५ लाख रुपैयाँ बराबरको १५८ किलो यार्सागुम्बा पठाएको छ । यस्तै कम्बोडियामा ८ करोड ७५ लाख ४६ हजार रुपैयाँ बराबरको १३८ किलो यार्सागुम्बा पठाईएको भन्सार विभागले जानकारी दिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...