अनशनरत डा. केसीको स्वास्थ्य अवस्था नाजुक, अन्यत्र सार्न सेती प्रादेशिक अस्पतालको सुझाब
वि.सं.२०७९ असोज ३ सोमवार १२:०३
1.2K
shares
धनगढी : गत भदौ २७ गतेदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सेती प्रादेशिक अस्पताल धनगढीले अन्यत्र रिफर गर्न सुझाव दिएको छ ।
अस्पतालले आज एक सूचना जारी गर्दै उनको उपचारको लागि बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएको हो ।
डा. केसी विभिन्न माग राखी धनगढीमा अनशनरत रहेका छन् ।
हिजो सरकारपक्ष र डा. केसीबीच पहिलो वार्ता भएपनि निष्र्कशबिना टुङ्गिएको थियो ।
यस्तो छ अस्पतालका प्रेस नोट :

वि.सं.२०७९ असोज ३ सोमवार १२:०३




















