ओली सिरहा जाँदै, यस्ता छन् कार्यक्रम
वि.सं.२०७९ भदौ ३१ शुक्रवार ०८:५४
1.3K
shares
काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधाानमन्त्री केपी शर्मा ओली आज सिरहा जाँदैछन्। सिरहामा विभिन्न पार्टी परित्याग गरि एमाले भित्रिन लागेका नेता कार्यकर्तालाई स्वागत गर्न ओली त्यता जान लागेका हुन्।
एमाले सिराहाका अध्यक्ष चण्डेश्वर मण्डलका अनुसार जसपा नेता तथा लक्ष्मीपुर पतारी गाउँपालिकाका निवर्तमान अध्यक्ष रामबल्लभ साह, नेकपा माओवादी नेता रामचन्द्र महतो, जसपा नेता तथा सिरहा नगरपालिकाका निवर्तमान वडाध्यक्ष गोपाल यादवलायतका हजारौं कार्यकर्ता एमालेमा प्रवेश गर्नेछन्। गोलबजार नगरपालिकाको चोहर्वामा पार्टी प्रवेश कार्यक्रम राखिएको मण्डलको भनाइ छ।
वि.सं.२०७९ भदौ ३१ शुक्रवार ०८:५४




















